अब सुकेटारमा बुधवार समेत उडान हुने,सातामा तीन उडान
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १७ । ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा अब साताको तीन उडान हुने भएका छन् ।
नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार निगमले साताको बुधवार समेत उडान गर्नेगरी कार्यतालिका पठाएको छ । यसअघि सुकेटार बिमानस्थलमा साताको सोमवार र शुक्रवार मात्र काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिका अनुसार अर्को सातादेखि सुकेटार बिमानस्थलमा सोमवार,बुधवार र शुक्रवार उडान हुने छ ।
निगमको केन्द्रीय कार्यालयले जनवरी महिना भरीका लागि सुकेटार बिमानस्थलमा साताको तीन उडान हुनेगरी बुधवार समेत उडान कार्यतालिका राखेको कार्कीले जानकारी दिनुभयो । अहिले काठमाडौं–ताप्लेजुङ यात्राका लागि निगमले ९ हजार ४ सय ३ रुपैयाँ भाडादर निर्धारण गरेको छ ।