पुस महिनामा पाथीभरा मन्दिरबाट उठ्यो २९ लाख बढी भेटि,साढे ६ हजार हाराहारी दर्शनार्थी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २९ । पुस महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट २९ लाख रुपैयाँ बढी भेटिपाति संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पाथीभरा मन्दिरबाट पुस महिनामा २९ लाख २५ हजार रुपैयाँ भेटिपाति संकलन भएको छ । हाङवाङका अनुसार पुस महिनामा ६ हजार ४ सय २७ जना दर्शनार्थी पाथीभरा मन्दिर दर्शनका लागि पुगेका छन् ।

चिसो मौसमका कारण पुस र माघ महिनामा पाथीभरा मन्दिरको दर्शनमा अरु भन्दा कम मानिसहरु मात्र जाने गर्छन् । यद्यपी यो बर्ष पुस महिनामा पनि मन्दिरको दर्शन गर्ने जानेको संख्या भने उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्कले देखाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts