कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकपमा फाइनलमा पुग्यो फुङलिङ

उज्यालो पोष्ट
ताप्लेजुङ, मंसिर १७ । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप प्रतियोगितामा फुङलिङ नगरपालिका फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मैवाखोला गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको हो । समिक्षा मगरको दोहोरो गोलको मद्यतले फुङलिङले मैवाखोलालाई सेमीफाईनलमै रोकेको छ । मध्यान्तर अघिसम्म बराबरी खेलेका फुङलिङ र मैवाखोलाको खेलको ५२औँ मिनेटमा फुङलिङकी समिक्षाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो ।

खेलको इन्जुरी समयमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गर्दै फुङलिङलाई जीतमा पु¥याउनुभयो । फाइनल पुग्ने दोस्रो टोली छनौटका लागि बिहीबार मेरिङ्देन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाबिच प्रतिस्पर्धा हुँदै छ । लिम्बू समुदायको चाड चासोक तङ्नाम ९न्वागी पुजा पर्व० २०८२ को अवसरमा खेल मंसिर १३ देखि भानुजन माविको खेल मैदानमा जारी छ ।

Similar Posts