गणतन्त्र दिवसमा अस्पतालका बिरामीलाई फलफूल बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १५ । गणतन्त्र दिवसको अवसरमा शुक्रवार ताप्लेजुङ जिल्ला अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल बितरण गरिएको छ ।

गणतन्त्र दिवस जिल्ला समारोह समितिको अगुवाईमा ताप्लेजुङ जिल्ला अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको स्वास्थ्य लाभको कामना सहित करिव ३० जना बिरामीलाई फलफूल बितरण गरिएको निमित्त समन्वय अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । फलफूल बितरण अघि १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो । शुभकामना आदान–प्रदान कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराई,जिल्ला समन्वय समिति सदस्य तथा समारोहका अध्यक्ष बिष्णुप्रसाद तिवारी सहितले गणतन्त्र स्थापना र यसको संस्थागत विकासका विभिन्न आयाम बारे प्रष्ट्याउनु भएको थियो ।

गणतन्त्र दिवस जिल्ला समारोह समितिले शुक्रवार साँझ जिल्लास्थित सरकारी,गैर सरकारी,सार्वजनिक तथा निजी आवास तथा कार्यालयहरुमा दीपावली गरी दिवसलाई थप उल्लासमय बनाउन आवह्वान समेत गरेको छ । कार्यक्रममा नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएस्पी)उमेश जोशी,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोपप्रकाश पाठक,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई,ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किरण थापा,जिसस सदस्य हेमन्ता मिश्र पौडेल सहित कार्यालय प्रमुख तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गणतन्त्र दिवसका अवसरमा जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायले कार्यालय परिसरमा रहेको राष्ट्रिय झण्डा समेत नयाँ फेरेका छन् ।

Similar Posts