जेन जी अगुवा सुदन पाथीभरा मन्दिरमा

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ११ । जेन जी समूहको अगुवाई गर्दै आउनु भएका सुदन गुरुङ ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि आइपुग्नु भएको छ ।

मन्दिरको दर्शन गर्नु भएका गुरुङलाई पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीहरुले स्वागत गर्दै मायाको चिनो हस्तान्तरण गर्नु भएको छ ।

यसैबिच जेन जी ताप्लेजुङले शुक्रवार ताप्लेजुङ जिल्ला अस्पताल,नगरपालिका भित्रका मूल परियोजना र कार्यान्वयनको अवस्था,सडक र वन कार्यालयसंग सम्वधित बिषय,नगर फोहोरको उचित व्यवस्थापन,टिपताला नाका र मूल भन्सार कार्यालय सञ्चालनको समिक्षा र वडा तथा पालिकामा जेन जी सहभागिता बिषयमा छलफल गर्ने जेन जी अगुवा सागर लामगादेले जानकारी दिनुभयो ।

Similar Posts