१६ औं राष्ट्रपति रनिङ शिल्ड पालिका स्तरीय प्रतियोगिता पुस मसान्तसम्ममा सक्नुपर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ११ । जिल्ला खेलकुद विकास समितिले आउँदो पुस मसान्तसम्ममा १६ औं राष्ट्रपति रनिङ शिल्ड पालिका स्तरीय प्रतियोगिता सकिसक्न ताप्लेजुङका सबै स्थानीय तहलाई अनुरोधपत्र पठाएको छ ।
ताप्लेजुङका ९ मध्ये पालिकामध्ये सिदिङ्वा गाउँपालिकाले मंसिर ९ गतेबाटै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराइरहेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले पालिका स्तरीय अन्तर बिद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरी त्यसको ७ दिन भित्र प्रतिबेदन जिल्ला खेलकुद विकास समितिमा पठाइसक्न आग्रह गरिएको जानकारी दिनुभयो ।
१६ औं राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता भने सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा सञ्चालन हुँदै छ । जिल्ला खेलकुद विकास समितिले जिल्लाका सबै स्थानीय तहका केन्द्रसम्म पुग्नेगरी जिल्ला स्तरीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रत्येक पालिका तहमा सम्पन्न गर्दै आइरहेको छ ।
ग्रामीण तहमा सिरिजङ्गाको तेल्लोक,आठराई त्रिबेणीको फुलवारी,मैवाखोलाको साँघुपार्टी हुँदै यसपटक सिदिङ्वाको साब्लाखुमा प्रतियोगिता हुने गरी तयारी थालिएको छ ।