एमाले महाधिबेशन प्रतिनिधि चयन: ताप्लेजुङमा सहमतिको वातावरण बन्दै,यस्तो छ सम्भावित खाँका

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १२ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट जाने १२ जना प्रतिनिधि सर्वसम्मत रुपले चयन गर्न सहमति नजिक पुगेको छ ।

खुल्लातर्फ उम्मेदवारी दिएका केहिले आफ्नो नाम फिर्ता गर्न इन्कार गरेपछि दुबै पक्षले फिर्ता गरी सहमतिको वातावरण बनाइदिन आग्रह गरेका छन् । संस्थापन र इतरपक्ष खुल्लातर्फ अनन्त साँवा,घनेन्द्र मादेन,दीपेन्द्र पोमू,प्रकाश राई(कैलास),छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावतीलाई प्रतिनिधि पठाउन राजी देखिएका छन् ।

महिलातर्फ टीका सुबेदी भट्टराई,रनमाया गुरुङ,प्रमिला खनाल घिमिरे र मिना केदेम,दलिततर्फ बुद्धिमान परियार र युवातर्फ गोपाल न्यौपानेको नाममा सहमति जुटाउन दुबै पक्ष तयार देखिएको स्रोतले बताएको छ ।

निर्वाचन समितिले भने अहिलेसम्म आधिकारिक केहि बताएको छैन । जुटेको सहमति अनुसार आवश्यक पद भन्दा बढी उम्मेदवार कायम रहे निर्वाचन समितिले निर्वाचन कार्यक्रम अघि बढाउने बताइरहेको छ ।

Similar Posts