प्रतिनिधिसभा पुर्नस्थापना सहितका माग राख्दै ताप्लेजुङमा एमालेको प्रर्दशन
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २९ । विगठित प्रतिनिधिसभा पुर्नस्थापना र जेन जी आन्दोलनका क्रममा भएको बिध्वंसमा संलग्न हुनेलाई कारवाहीको माग गर्दै नेपपा एमालेले ताप्लेजुङमा शनिवार प्रर्दशन गरेको छ ।
एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोको अगुवाईमा पार्टी कार्यालय पराजुली चौकबाट निस्किएको ¥याली नगर परिक्रममा गर्दै वीरेन्द्र चौकमा आएर कोणसभामा परिणत हुने कार्यक्रम रहेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।
कोणसभालाई पार्टीका बिभिन्न तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले ताप्लेजुङले जनाएको छ । एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष पोमूका अनुुसार ताप्लेजुङका ९ वटै पालिका कमिटीको समन्वयमा अगुवा कार्यकर्ताहरु प्रर्दशनका लागि सदरमुकाम फुङलिङ केन्द्रित भएका छन् ।