गृह जिल्लाका आँखा रोगीको उपचारका लागि ताप्लेजुङ आए रुइत,आइतवारबाट आँखाका बिरामीको शल्यकृया

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २९ । विश्व विख्यात नेत्र रोग बिशेषज्ञ डाक्टर सन्दुक रुइतलाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ ।

आइतवारबाट फुङलिङमा सुरु हुने शल्यकृया सहितको निःशुल्क स्वास्थ्य शिविरको नेतृत्व गरेका आउनु भएका तिलगंगा आँखा अस्पतालका निर्देशक डाक्टर रुइत सहितको टोलीलाई आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङले स्वागत गरेको हो । डाक्टर रुइतको नेतृत्वमा शनिवार छोरा डाक्टर सागर रुइतको सहितको नेत्र रोग विशेषज्ञको टोली फुङलिङ आई पुगेको छ । टोलीमा रुइतकी श्रीमति नन्दा श्रेष्ठ रुइत समेत सहभागी हुनुहुन्छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका अनुसार डाक्टर रुइत नेतृत्वको चिकित्सक तथा प्राविधिकको टोलीले आइतवारबाट फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्रांगणमा शल्यकृया सहितको आँखा उपचार सेवा दिने छ ।

डाक्टर रुइत र उहाँको टिमलाई नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङ,उपसभापति खगेन्द्र अधिकारी,सचिव गिरी,कोषाध्यक्ष निरोज श्रेष्ठ,सहकोषाध्यक्ष लक्ष्मीमाया वनेम,नेत्रज्योति संघका कोशी प्रदेश समिति सदस्य सुरेश सिंघका,नेत्रज्योति संघका जिल्ला सदस्यहरु वाङ्गे शेर्पा,शंकर श्रेष्ठ,ज्ञानु गुरुङ,क्लिनिक इञ्चार्ज काजीमान गुरुङ सहितको टोलीले स्वागत गरेको थियो ।

आइतवारबाट सुरु हुने शल्यकृया सहितको निःशुल्क स्वास्थ्य शिविरको क्रममा तिलगंगा आँखा अस्पतालको टोलीले शनिबारबाटै बिरामीको परीक्षण गर्न थालेको छ । शल्यकृयाका लागि छानिएका बिरामीको आइतवार बिहानैबाट शल्यकृया सुरु गर्ने तयारी भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङले जानकारी दिनुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका डाक्टर रुइतले दुईबर्ष पनि नेपाल नेत्रज्योति संघ ताप्लेजुङ आयोजक भएर सम्पन्न गरिएको आँखा स्वास्थ्य शिविरमा बिरामीको उपचार गर्नु भएको थियो ।

Similar Posts