ताप्लेजुङको मेहेलेका शिक्षक मण्डलको करेन्ट लागि मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत एक शिक्षकको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार खुवा आधारभूत बिद्यालय मेहेलेमा कार्यरत दिलिपकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । मण्डल दशैं तिहार बिदाका लागि आफ्नो घर मधेस प्रदेशको सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नं ३ मुसहर्निया पुग्नु भएको थियो ।

खेतमा पानी लगाउने क्रममा करेन्ट लागि मण्डलको आफ्नै घरमा मृत्यु भएको जानकारी परिवारले दिएको सिदिङवा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बद्रि सिटौला(बिनोद)ले जानकारी दिनुभयो । सिटौलाका अनुसार मण्डल विगत ४ बर्षदेखि खुवा आधारभूत बिद्यालयको निम्न माध्यमिक तह विज्ञान,गणित बिषयको राहत शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

 

Similar Posts