ताप्लेजुङको मेहेलेको एकघरमा आगलागी,६ लाख मूल्य बराबरको क्षति

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २७ । ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेमा एकघरमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेहलेका हर्क तामाङको घरमा मंगलवार मध्यान्ह भएको आगलागीबाट ६ लाख मूल्य बराबरको क्षति भएको हो । प्रहरीका अनुसार आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तामाङको ढुङ्गा,माटो र टिनको छाना भएको तीन तले घर तथा घरमा रहेका भाडा वर्तन,लत्ताकपडा,अन्नपात सबै जलेको छ ।

तामाङको घरको पहिलो तलाको भान्छा घरमा खोले पकाउने क्रममा अचानक आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको थाह पाउने वित्तिकै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी वरिष्ठ हवल्दार चन्द्रबहादुर बिष्टको नेतृत्वमा प्रहरी टोली टनास्थलतर्फ परिचालित भएको थियो । प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा आएको बताईएको छ । (फायल फोटो)

Similar Posts