आठराई त्रिबेणीमा निःशुल्क रुपमा रेविज बिरुद्धको खोप !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १६ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले निःशुल्क रुपमा रेविज बिरुद्धको खोप लगाइदिने भएको छ ।
पालिकाको वडा नं २ फुलवारीस्थित फुलवारी स्वास्थ्य चौकीमार्फत रेविज बिरुद्धको खोप अभियान अघि बढाइने पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।
पालिकाको माग बमोजिम नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मासिक रुपमा फुलवारी स्वास्थ्य चौकीलाई ४० भायल रेविज बिरुद्धको भ्याक्सिन दिने भएको छ ।
इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोशी प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रलाई उक्त भ्याक्सिन उपलब्ध गराईदिन परिपत्र गरेको छ ।