पाथीभरा याङवरकमा एकीकृत घुम्ति सेवा शिविर सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २९ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाको वडा नं ४ डुम्रिसे र वडा नं ५ चाक्सिबोटेमा सामाजिक सुरक्षा भत्ता बितरणसंगै सामान्य स्वास्थ्य परीक्षण र जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पाथीभरा याङवरक गाउँपालिकाका अधिकृत छैटौं शिवकुमार काम्वाङका अनुसार एकीकृत घुम्ति शिविरमार्फत नागरिककै घर दैलोमा पुगी उक्त सेवा प्रदान गरिएको हो । एकीकृत घुम्ति शिविर जारी रहने भएको छ । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण,स्वास्थ्य परीक्षण तथा ८६ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन भइरहेको काम्वाङले जानकारी दिनुभयो ।

स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले सेवा प्रवाहलाई सहज,सरल र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पु-याउने पालिकाले विश्वास लिएको छ ।

Similar Posts