पदयात्राका लागि आएका ‘नो केवलकार’ पक्षधरले गरे फुङलिङमा नाराबाजी र प्रर्दशन

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १० । मुक्कुमलुङ(पाथीभरा)पदयात्राका लागि आएका ‘नो केवलकार’ पक्षधरहरुले फुङलिङमा शनिवार साँझ प्रर्दशन गरेका छन् ।
पदयात्राका लागि पाथीभरा क्षेत्र केन्द्रित भएका उनीहरुले फुङलिङ आएलगत्तै प्रर्दशन गरेका हुन् । पदयात्राका लागि ताप्लेजुङ आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई केहिबेर अघिमात्र एउटा समूहले कालोझण्डा देखाएको थियो । त्यसको केहिबेर पछि फुङलिङ आईपुगेका ‘नो केवलकार’ पक्षधरहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।
नारबाजीको क्रममा ‘नो केवलकार’ पक्षधरहरुले पाथीभरा क्षेत्रका केवलकार खारेज हुनुपर्ने माग दोहो¥याएका छन् । प्रर्दशन जारी रहेको छ । प्रर्दशन र नाराबाजी पछिको सुरक्षा सम्बेदनशिलतालाई हेरेर सुरक्षा व्यवस्थामा कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ । फायल फोटो, पाथीभराको काफ्लेपाटीमा भएको प्रर्दशन