| |

अनेम संघ ताप्लेजुङ अध्यक्षमा गुरुङ चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १० । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ ताप्लेजुङको अध्यक्षमा रनमाया गुरुङ चयन हुनु भएको छ । संघघको सातौं जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कमिटी उपध्यक्षमा मीनाकुमारी केदेम र रीता श्रेष्ठ (प्याकुरेल), सचिव चन्द्रा भट्टराई, उपसचिव बबिता पोमु र कोषाध्यक्षमा प्रमिला खनाल घिमिरे चयन हुनुभएको छ । अनेम संघको सातौं जिल्ला अधिवेशनको संगठनकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमालले शनिबार उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा संगठनकी प्रदेश अध्यक्ष एवम् कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले पोलिटव्यूरो सदस्य एवम् कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, पार्टीका जिल्ला नेतृत्व लगायतको उपस्थिति रहेको थियो । नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गर्दै अधिवेशन शनिबार राती अबेर सम्पन्न भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष एवम् आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिनुभयो ।

Similar Posts