माघ महिनामा पाथीभराबाट झण्डै साढे १० लाख भेटी संकलन

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ३० । माघ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै साढे १० लाख रुपैयाँ भेटि संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार माघ महिनामा १० लाख ४० हजार ३ सय रुपैयाँ भेटि संकलन भएको हो । उक्त महिनामा ४ हजार २ सय ४९ जना तीर्थालुले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपपछि ‘नो केवलकार’ पक्षधरको अगुवाईमा माघ महिनाको १५ देखि २२ गते सम्म यो क्षेत्रमा यातायात बन्द थियो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना मन्दिरबाट संकलित भेटी र दर्शन आएका भक्तजनको संख्या सार्वजनिक गर्दै आइरहेको छ ।

Similar Posts