जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ३० । गृह मैदानमा ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ ।
२५ स्वर्ण,१८ रजत र १८ कास्य सहित मैवाखोलाले उपाधि जित्दा २० स्वर्ण,२० रजत र १९ कास्य पदकका साथ आठराई त्रिबेणी दोस्रो भयो । अघिल्लो बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आठराई त्रिबेणीले गृह मैदानमा उपाधि जितेको थियो । फुङलिङ नगरपालिका तेस्रो हुँदा उसले १७ स्वर्ण,१५ रजत र १५ कास्य पदक जितेको नारायणी मावि साँघुका शिक्षक तथा प्रतियोगिताको सूचना व्यवस्थापन गर्दै आउनु भएका चिरञ्जिवी चोङवाङले जानकारी दिनुभयो ।
मेरिङदेन गाउँपालिकाले २ स्वर्ण,३ रजत र ३ कास्य पदक जितेको छ । पाथीभरा याङवरकले १ स्वर्ण,५ रजत र १ कास्य पदक जित्यो । कास्यमा बर्चश्व कायम राख्दै मिक्वाखोलाले १ स्वर्ण र ३ रजत पदक जित्दा २६ कास्य पदक जितेको छ । स्वर्णबिहिन सिदिङ्वाले २ रजत र ७ कास्य पदक जित्यो । फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिका पदकबिहिन भए । । प्रतियोगितामा ६६ स्वर्ण,६६ रजत र ७० कास्यका लागि स्पर्धा भएको थियो ।