राष्ट्रपति रनिङ शिल्ड: ३८ स्वर्णको नतिजा आउँदा फुङलिङ र मैवाखोला समान १३–१३ स्वर्णमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माविमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३८ स्वर्णको खेल सकिदा मैवाखोला र फुङलिङ नगरपालिकाले समान १३–१३ स्वर्ण जितेका छन् ।

प्रतियोगितामा ६६ स्वर्ण,६६ रजत र ७० कास्यका लागि स्पर्धा भइरहेको छ । नारायणी मावि साँघुका शिक्षक तथा प्रतियोगिताको सूचना व्यवस्थापन गर्दै आउनु भएका चिरञ्जिवी चोङवाङका अनुसार आठराई त्रिबेणी गाउँपालिकाले अहिले सम्म ९ स्वर्ण जित्दा मिक्वाखोला,मेरिङदेन र पाथीभरा याङवरक गाउँपालिकाले समान १–१ स्वर्ण जितेका छन् ।

रजततर्फ ३८ पदकको खेल सकिँदा आठराई त्रिबेणीले १६ पदक जितेको छ भने मैवाखोलाले ९ र फुङलिङ नगरपालिकाले ४ रजत पदक जितेको छ । यस्तै मेरिङदेन र पाथीभरा याङ्वरकले समान ३–३ रजत पदक जित्दा मिक्वाखोलाले २ र सिदिङ्वाले १ रजत पदक जितेको छ । ५४ कास्य पदकको नतिजा आउँदा मिक्वाखोलाले १८ पदक जितेको छ ।

कास्यतर्फ मैवाखोलाले १३,फुङलिङले १०,आठराई त्रिबेणीले ९,सिदिङ्वाले २ र मेरिङदेन तथा पाथीभरा याङ्वरकले समान १–१ कास्य पदक जितेका छन् । ३८ स्वर्ण,३८ रजत र ५४ कास्य पदकको नतिजामा फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाले अहिलेसम्म कुनै पदक जित्न नसकेको चोङवाङले जानकारी जानकारी दिनुभयो । यो नतिजा मंगलवार दिउँसो ३ः३० बजे सम्मको हो । मैवाखोलामा माघ २७ गतेबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भइरहेको छ ।

 

Similar Posts