| |

वीरेन्द्र युवा क्लबलाई प्रथम कुलकर्ण महिला फुटसल उपाधि

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २८ । ताप्लेजुङमा सम्पन्न प्रथम कुलकर्ण खुला महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र यवा क्लब ‘ए’ टोलीले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक कुलकर्ण फुटसल क्बव ‘बी’ लाई ३–१ गोलअन्तरले पराजित गर्दै फुङ्लिङ–५ को वीरेन्द्र युवा क्लबले उपाधि जितेको हो ।
उपाधि जितसँगै वीरेन्द्र युवा क्लबले २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उविजेता बनेको आयोजक ‘बी’ ले १५ हजार रुपियाँ नगद पुरस्कार तथा ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
हरितालिका तिज पर्वको अवसरमा कुलकर्ण फुटसल क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १८ टोलीले सहभागिता जनाएको खेल संयोजक तेन्जीयाङगी भोटिया मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार विजेतालाई फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष अञ्जना कडरिया लगायतले पुरस्कार राशि, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगिता शुक्रबार सुरु भई शनिबार सम्पन्न भएको हो । यता जिल्लामै पहिलोपटक एक वर्षअघि कुलकर्ण फुटसल क्लब स्थापना भएको र क्लबले आफ्नै व्यावसायिक हल निर्माण गरेर फुटसल खेल सञ्चालन गर्दै आएको छ ।

Similar Posts