६ महिनामा ताप्लेजुङबाट झण्डै ५ करोड राजश्व असुली

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ६ । चालू आर्थिक बर्ष २०८१।८२ को ६ महिनाको अवधिमा ताप्लेजुङबाट झण्डै ५ करोड राजश्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गत साउन १ गते देखि गत पुस मसान्त सम्ममा ४ करोड ९६ लाख १६ हजार ९ सय ३० रुपैयाँ राजश्व असुली भएको हो । कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार संघीयतर्फ ४ करोड ५७ लाख १९ हजार ७ सय ९६ रुपैयाँ राजश्व असुली भएको छ ।
प्रदेशतर्फ ३८ लाख ९७ हजार ४ सय ५४ रुपैयाँ राजश्व असुली भएको कोलेनिकाका सहलेखापाल नवीन खनालले जानकारी दिनुभयो । संघतर्फ सबैभन्दा बढी राजश्व कोलेनिका कार्यालयबाट असुल भएको देखिएको छ । कोलेनिकाबाट ३ करोड १० लाख ९९ हजार ८ सय ९० रुपैयाँ असुल भएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयबाट ८८ लाख ८ हजार ७ सय रुपैयाँ,शिक्षा विकास तथा समन्वय इकाईबाट १५ लाख ९६ हजार ४ सय ५० रुपैयाँ,कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयबाट ९ लाख ६ हजार ५ सय १९ रुपैयाँ र नापी कार्यालयबाट ८ लाख ८२ हजार ६५ रुपैयाँ राजश्व सुल भएको छ ।
६ महिनाको अवधिमा जिल्ला अदालतबाट ७ लाख ४० हजार ८ सय ४३ रुपैयाँ,हुलाक कार्यालयबाट ५ लाख १६ हजार ४ सय ७१ रुपैयाँ,मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजना कार्यालयबाट ५ लाख १५ हजार ९ सय ५६ रुपैयाँ,दुर्गादल गुल्मबाट १ लाख १६ हजार ८ सय ६० रुपैयाँ र जिल्ला प्रहरी कार्यालयबाट ४ लाख ३५ हजार ७ सय २२ रुपैयाँ राजश्व असुली भएको छ ।
ओलाङचुङगोला भन्सार कार्यालय,सीमा प्रशासन कार्यालय,जिल्ला सरकारी वकिल कार्यालय,कारागार कार्यालय र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चंघा गुल्मको कार्यालयबाट अहिले सम्म राजश्व असुली नहुँदा अन्य कार्यालयबाट भएको राजश्व असुली ५० हजार रुपैयाँ वा सो भन्दा कम रहेको कोलेनिकाले जनाएको छ ।
६ महिनाको अवधिमा प्रदेशतर्फ सबैभन्दा बढी डिभिजन वन कार्यालयबाट राजश्व असुली भएको छ । उक्त कार्यालयबाट ३२ लाख ३८ हजार ७ सय ३१ रुपैयाँ असुली भएको कोलेनिकाले जनाएको छ । यस्तै घरेलु तथा साना उद्योग कार्यालयबाट ४ सय ९९ हजार ७ सय रुपैयाँ असुली हुँदा जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रबाट अहिले सम्म कुनैपनि रकम असुली नभएको कोलेनिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेश अन्र्तगत रहेका अरु कार्यालयबाट २० हजार वा सो भन्दा कम रकम मात्र राजश्व असुली भएको कोलेनिकाले जनाएको छ ।