किशोरावस्थाको बैंस……….. !

अरुलाई पनि शेयर गरौ !

अनुप अधिकारी

राजसी ११ वर्षकी भइन । बच्चा अवस्थाबाट किशोरी हुँदैछिन । अब उनको शारीरिमाबाल्याबस्थाका भन्दा फरक किसिसकापरिवर्तनहरू आउन थालेकाछन । स्तनको आकार बढेर पुट्ट उठेको देखिन थाले । यसैका कारण उनका अभिभावकहरुले पनि फरक रूपमा व्यवहार गर्न थालेको उनले थाहा पाएकिछिन । त्यस अगाडि जस्तैगरी घरबाट एक्लै बाहिर घुम्न र खेल्न निस्कन विस्तारै बन्देज लाग्नथाल्यो । उनका भावनात्मक संवेग पनि परिवर्तन हुँदै गएको छ । केटाहरु प्रति पहिलाको भन्दा अलि आकर्षण बढेको अनुभव हुन थालेको छ । के राजसीलाई पनि बैँसको लक्षण देखा पर्न लागेको नै हो त ?। उनि पहिले भन्दा हलक्क बढेकी छिन् ।

उनको स्तनको आकार मात्र होइन पिडुला, पाखुरी र अरूशरीरका अङ्गहरूपनिबढ्न थालेकाछन् । आफ्नो शरीरमा आएको परिवर्तनका बारेमा थाहा पाउँदा के भएको हो भन्ने अन्योलमा परेकी छिन् । उनी स्कूलमा होस वा घरमा साथीहरूसँग खेल्ने, पाखा पखेरा घुम्ने गर्दथिइन । केटा साथीहरूसँग पनि चल्ने गर्दथीन । तर अब उनलाई अभिभावकले केटा साथीसँग खेलेको देख्दा गाली गर्न थालेकाछन् । उनी माथि लगाइएको ती विभिन्न बन्देजहरू प्रति उनी सहमत थिइन ।

उनलाई हेक्का पनि थियो अब आफ्नो शरीरमा आएको परिवर्तनका कारण बन्देजमा पर्दै छिन भनेर तर यो परिवर्तनका जिज्ञासाहरूका बारेमा कोसँग कुरा गर्ने भन्नेमा बुझ्न समस्या परिरहेको थियो । बेला बेला आफूमाआएका परिवर्तनहरू कोठामा एक्लै हुँदा खुब हेर्थिन् । काखी मुनि र यौनाङ्गहरुमा कपाल पनि पलाउँन थालेका थिए । ती सबै छुन्थन, चलाउँदिन र फेरि पनि दंग पर्दथिन आफूमा आएको परिवर्तनहरू देखेर । राजसीले पहिला जस्तै खेल्ने र घुम्ने समय नपाएपछि घरमा आमालाई काम सघाँउने, विद्यालय जाने आउने, कुनै कुनै बेला छिमेकीकेटी साथीसँग कुराकानी गर्न जान थालिन् । यही क्रममा एक दिन उनले आफ्नी आमासँग कुरा गरिन उनका परिवर्तन र अनुभूतिहरू ।

आमाले सम्झाउदैराजसी किशोरावस्थामा प्रवेश गरेको कुरा बताइन् । उनकी आमाले पनि सबै कुरा ध्यान दिएर सुनिदिइन जसले गर्दा उनलाई खुलेर बताउँन सजिलो अनुभूति भयो । राजसीकापरिवर्तनहरू सुनेपछि उनी अब किशोरावस्थामा पुगेको कुरा आमाले बताइ दिइन । किशोरावस्था १० वर्षबाट नै शुरु हुन्छ र १९ वर्षको उमेरसम्म रहन्छ । शारीरिक परिवर्तन चाहिँ मानिसको शारीरिक विकास अनुसार कसैको केहीचाढो र कसैको केही ढिला भएको हुन्छ ।

यो अवस्थामा केटाहरुमा पनि शारीरिक तथा मानसिक परिवर्तनहरू देखा पर्दछ र आफूमा आएका परिवर्तनहरूका बारेमा जिज्ञासाहरू बढ्दै जानथाल्दछ । यसका बारेमा सही जानकारीपाएनन् भने किशोर किशारीहरुमा तनाव पनि बढ्न सक्दछ । राजसीको महिनावारी सुरु भयो । योनीबाट रक्तस्राव भएको हुनाले उनले अत्तालिएर त्यो कुरा आमालाई सुनाइन् ।

आमाले उनलाई कोठामा लगिन । उनले आमालाई सोधिन, ‘आमा मलाइ किन यस्तो भएको? आमाले छेउमा राखेर मायाँ गर्दै भनिन डराउँन पर्ने केही छैन । केटी मान्छेहरुसबैलाइ यस्तो हुन्छ । तिमीलाइ पनि त्यही भयो । तिमीलाइ पनि दिदीलाई जस्तै महिनावारी भएको हो । यसमा डराउँन पर्ने केही छैन । उनले खुसी मान्दै राजसीलाई भनिन तिम्रो स्वास्थ्य राम्रो रहेछ त्यसैले त ठीकै समयमा महिनावारी भयो । आमाले सामान्य तरिकाले मायाँ गर्दै कुरा गरेपछि उनी अलि ढुक्क भइन ।

महिनावारी भएपछि हरेक दिन नुहाउँने र सफा प्याडको प्रयोग गर्नुपर्ने बताइन । उनलाई थाहा थियो महिनावारी भएको बेलामा दिदीलाई कोठाबाट बाहिर निस्कन निदिएको । त्यसैले उनले आमालाइ सोधिन म अब १५ दिनसम्म कोठा भित्रै बस्न पर्ने हो ? आमाले उनको कुरामा हाँस्दै भनिन पहिला हामीले कुरा नबुझेर दिदीलाई त्यसो गरेका हौं । वास्तवमा त्यो त भ्रम रहेछ । अब तिमीले त्यसो गर्न पर्दैन । हामीसँगै बस्ने हो । सधैँ स्कूल जाने हो । आमाको कुराले राजसीको तनाव निकै घट्यो ।

राजसीको यो किशोरावस्थाको पहिलो चरण हो । यो चरण १० देखि १४ वर्षको उमेर अवधि हुन्छ । यसलाई पूर्व किशोरावस्था पनि भनिन्छ । यस चरणमा शारीरिक परिवर्तनहरू छिटोछीटो हुन्छ । सबैको एकै किसिमले परिवर्तन नभइ भिन्न तरिकाले भएको हुन्छ । किशोरीहरू कसैको स्तन ढिला र कसैको छिटो बढ्छ । कसैको लाम्चो जस्तो त कसैको बाटुलो हुन्छ । कसैको अलि तल र कसैको अलि माथि तिर जस्तो पनि लाग्न सक्दछ । स्तन छिटो वा ढिलो बढ्ने त प्राय धेरैको हुन्छ ।

किशेरावस्थाको सुरुवात सँगै हड्डीहरूको विकास पनि छिटो हुन थालेको हुन्छ । प्रजनन अङ्गको विकासको क्रमसँगै विस्तारै यौन चाहना पनि स्वभाविकै रूपमा बढ्न थालेको हुन्छ । किनकी किशोरावस्थाको पनि मध्य तिर अधिकांश किशोरहरूको शुक्रकीट र किशोरीहरूको डिम्ब उत्पादन हुन थालेको हुन्छ । यही चरणको उमेरमा उनीहरूको सामाजिक सम्बन्ध पनि विकास हुन थाल्दछ । जसको परिणाम उनीहरू धेरै जनासँग साथी बनाउने, विपरीत लिङ्गी साथीहरूसँग आकर्षित हुन थाल्दछन ।

यौन आकर्षणकै कारण यौनिकताका पत्रपत्रिका तथा फिल्महरू हेर्न मन लाग्ने, यौनोत्जनाका सामान्य कुरामा पनि हतासो हुने जस्ता व्यवहारहरूदेखिन्छन् ।साथीहरू बीचमा यौनसम्बन्धी अनेकौ रमाइला र उत्तेजक कुराकानीहरू पनि बारम्बार हुन थाल्दछ । तरपनि सामाजिक सम्बन्ध र यौन इच्छा बीचको सन्तुलन मिलाउँन प्रयत्न गरिरहेका हुन्छन् । त्यस कारणयही उमेरमा उनीहरूका लागि जीवनोपयोगी सीपमा आधारित यौन शिक्षाको आवश्यक पर्दछ ।

जब राजसी मध्य किशेरावस्थाको दोस्रो चरणमा १४ वर्षको उमेर पार गरेपछि प्रवेश गर्छिन् । यो चरणमा उनको उमेर १५ देखि १७ वर्षको उमेर अवधि हुनेछ । मध्य किशोरावस्थामा उनीहरूको शारीरिक विकासका साथै भावनात्मक तथा बौद्धिक विकास पनि तीव्रगतिमाहुन थाल्दछ । यो चरणमा किशोरहरूकोशुक्रकीट र किशोरीहरूकोडिम्बाहरूको उत्पादन पर्याप्त मात्रामा हुनथालेको हुन्छ ।

धेरै समय साथीहरूसँग बिताउन मन लाग्ने हुनाले अभिभावकहरू सँग भन्दा साथीहरूसँग बढी नजिक हुन थालेका हुन्छन् । यौनिकताका बारेमा जिज्ञासा व्यापक रूपमा बढ्दछ । यो चरणमा उनीहरूमायौन सम्पर्क गर्ने साहस बढ्न थालेको हुन्छ । त्यस कारण जोखिम पूर्णयौन सम्पर्क हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, यो उमेरमा तनाव पनि बढेको हुन्छ, जसको कारण गलत निर्णय लीन पनि सक्ने सम्भावना त्यतिकै हुन्छ ।

किशोरावस्थाको तेस्रो चरण युवा अवस्थामा प्रवेश हुनु पूर्व अवस्था हो । यसलाई उत्तर किशोरावस्था पनि भनिन्छ । यो चरण १८ देखि १९ वर्षको उमेर अवधि हुन्छ । यो चरणमा किशोरकिशोरीहरुको यौनाङ्गहरु पूर्वरूपमा विकास भएको हुन्छ । त्यस कारण पनि कानुनमा २० वर्ष भन्दा पहिला विवाह गर्न नपाइने व्यवस्था गरिएको हो । यो चरणमा यौन क्रियाकलाप गर्न पूर्वरूपले सक्षम भएका हुन्छन् र तुलनात्मक रूपमा परिपक्व पनि भएका हुन्छन् । त्यसैले डेटिङ् जाने यो उमेरका किशोरकिशोरीहरु नै अरू उमेर समूहका भन्दा धेरै देखिन्छन् ।

यो उमेर समूहमा पुग्दा किशोरकिशोरीहरुले समाजमा आफ्नो अलग पहिचानको आकांक्षा राख्छन् । यही उमेर अवधिमाउनीहरूले जीवनको लक्ष्य पनि निर्धारण गरेका हुन्छन् वा कस्तो लक्ष बनाउने भनेर चिन्तन गरिरहेका हुन्छन् । त्यसैले गर्दा नैतिकता प्रति होसियारी अपनाउनेकोसिस पनि गरिरहेका हुन्छन् । यस्तो बेलामा समाज र परिवारबाट सहयोगको ठूलो अपेक्षा गरेका हुन्छन् । यदि उनीहरूले अपेक्षा गरे अनुसार सहयोग नपाएमा उनीहरूमा मानसिक तनाव सिर्जना हुन थाल्दछ र कुलतमा लाग्ने वा कुनै पनि किसिमका जोखिम पूर्ण काम गर्न प्रेरित हुन थाल्दछन ।

किशोरावस्थाको विकाससँगै शरीरमा प्रकृतिले विभिन्न हर्मोन यौन रसरागहरु उत्पन्न गराउँदैछ । जसले प्रजनन प्रलाणीलाईव्यवस्थित र नियमित गरिरहेको हुन्छ । किशोरावस्थामा शरीरमा प्रजनन अगहरू र प्रजनन प्रक्रियाको विकास हुने हुँदा यस अवस्थामा नै प्रजनन प्रणालीलाई सहयोग पुर्याउनेग्रन्थिहरू र हर्मोनहरू सक्रिय हुँदा नै शारीरिक परिवर्तनहरू देखा पर्दछ । राजसीकी दिदी रोशनी किशोरावस्थाको दोस्रो चरणमा छिन । उनको शारीरिक बनावटमा निकै परिवर्तन भएको छ । उनको स्तनको आकार पनि निकै बढिसकेको छ । योनीको आकारमा वृद्धि भएको छ र हर्मोनहरुको तीव्र विकास भई आवाजमा परिवर्तन भई सुरिलो भएको छ । रोशनी अब एक आकर्षित युवतिको रूपमा परिवर्तन  भएकी छिन् ।

अहिले रोशनी १७ वर्षकी छिन, उनको मनोभावहरू केही फरक किसिमका हुन थालेका छ । उनको व्यवहारमा पनि धेरै परिवर्तन आएको छ । उसलाई लाज लाग्ने, साथीहरूसँग धेरै बोल्न मन लाग्ने तर अभिभावक र अरूमानिसहरूसँग चाहिँ धेरै बोल्न मन नलाग्ने, कहिलेकाहीँ एकोहोरो हुने, आफ्ना आमा बुबाले भनेका कुराहरूमा प्रतिवाद गर्ने, परिवारमा सानोतिनोकुराहरूमा पनि झगडा गर्ने व्यवहार देखा पर्न थालेको छ । प्राय उनी आफ्नै कल्पनामा हराएर बसेकीहुन्छिन् । उनलाई अभिभावक र आफन्तहरूले विवाह गरेर अरूको घर जाने चेलीको रूपमा व्यवहार गर्न थालेको हुन्छन् । यो कुरा उनलाई मन परेको हुँदैन । उनलाई धेरै हतोत्साहित र झन् निराश बनाइरहेको हुन्छ ।

रोशनीले आफ्नो मनका भावनाहरू अरू कसैले बुझिदिउन भन्ने चाहना राखिरहेकीहुन्छिन्, तर परिवारमा त्यस प्रति कसैले पनि वास्ता नगरिदिएको महसुस भएकोले उनको निराशपन अझै बढेको छ । रोशनीले कतिपय कुराहरू त आफ्ना मनमिल्ने र गोपनीयता अपनाउनेसाथीहरूसँगगर्छिन् । उनीलाई पनि थाहा छ कि उनलाई पनि साथीहरूले गरेका कुराहरूको गोपनीयता अपनाउँन पर्छ भनेर ।

एउटै स्कूलमा पढ्ने रोजेश र उनि बीचको सम्बन्ध नजिक हुँदै गएको छ । राजेशसँग पनि उनले मनका धेरै कुरा गर्न थालेकी छिन । उनीहरू आफ्ना मनका भावनाहरू साट्न थालेका छन् । रोशनी पढ्न र खेलकुदमा पनि राम्रो क्षमता राख्दछिन । उनलाई पनि उनका अरूसाथीहरूलाई जस्तै आफूलाईअरूले उछिनेको मन पर्दैन तर कुनै बेला रोजेशले उछिनेकोमा भने खुसी नै मान्छिन । यो विपरीत लिङ्गीय साथी बीचको सामिप्यताको विशेषता हो । जुन उनमा पनि पर्याप्त देखिन थालेको छ ।

रोजेशले पनि आफ्नो किशोरावस्थाको दोस्रो चरण पार गर्दैछ । हलक्क बढेको छ । उसमा पनि शारीरिक परिवर्तनहरू आइसकेका छन् । उसका पनि शरीरमा हर्मोनहरू तीव्र रूपमा वृद्ध भएका छन् । हात गोडा, काखी, लिंग र छातीमा नयाँ रौँहरू पलाएका छन्, जुँगाकारेखी राम्रोसँग बसिसकेको छ । लिंग र अण्डकोषको आकारमा वृद्धि भएको छ, बोल्दा स्वर धोत्रो भएको छ । साथै उसका छाती चौँडा भएका छन्, उसको स्वप्न दोष हुनथालेको छ र हस्त मैथुन पनि गर्न थालेको छ ।

रोजेको मनोभाव पनि परिवर्तन हुँदै गएको छ । उसलाई पनि आफ्ना भावनाहरूअरू कसैले बुझ्दियोस् भन्ने ठान्दछ । उसको पनि आफ्नो अभिभावकहरू सँग धेरैजसो कुरा नमिल्दा झगडा भइरहन्छ । जसका कारण रोशनी जस्तै उ पनि बेला बेला एकोहोरो हुन थालेको छ । आफ्नो मनका भावहरू साट्नका लागि उसले उस्तै अवस्थामा रोशनी साथी पाएकोले पनि उनीहरूएक आपसमा धेरै नजिक भएका हुन । त्यसैले उनीहरू कुराकानी मै धेरै समय बिताउने गर्न थालेको छन् । उनीहरूलाई आज भोलि समाज र व्यक्तिका बारेमा बुझ्ने उत्सुकता बढ्दै गएको छ ।

राजेश अहिले केटाको समुहमा पनि कुराकानी गर्ने गर्दछ । अभिभावकहरुले उसलाई छोरा भएको कारण विस्तारै बुबाको जिम्मेवारी लिनु पर्ने दबाब बढ्दै गएको अनुभव हुन थालेको छ । त्यो कुरा उसलाई मन पर्दैन तर कहिलेकाहीँ आफू ठूलो भएको पनि अनुभूति भइरहेको छ । बेला बेला पुरुषार्थको घमण्ड पनि जाग्न थालेको छ । यी कुराहरूसाथीहरूसँग पनि बताउँछ ।

राजेश र रोशनी एक अर्काप्रति धेरै नजिकिएका साथी भएका हुनाले उनीहरूमा यौन ईच्छा पनि बढ्दै जानु स्वभाविकै थियो तर दुबैले भन्न सकेका हुँदैनन । तरपनि उनीहरूले आफ्ना साथीहरूसँग भने यौन चाहनाका बारेमा भने बताइरहेका हुन्थे, जुन कुरा यो उमेरका सबैले आफ्ना मन मिल्ने साथीहरूसँग गर्नेगर्दछन् । त्यसै अनुसार रोजेशलाइ साथीहरूले रोशनीसँग यौन सम्पर्क गर्न हौस्याइ रहन्छन् तर रोशनीका साथीहरूले चाहिँ त्यसरी हौस्याउँदैन थिए । सायद नेपाली संस्कारको प्रभावले गर्दा होला । राजेशले प्रायजसो समय साथीहरूसँग घुमघाममा बिताउन थालेको छ तर त्यत्तिकै स्वतन्त्रता रोशनीलाई थिएन ।

राजेशले रोशनीको भन्दा बढी स्वतन्त्रता पाउँनु समाजको चरित्रका कारणले हो भन्ने कुरा उनलाई राम्रोसँग महसुस हुन थालेको थियो । रोजेशले साथीहरूको लहैलहैमा यौन क्रीडाकाफिल्महरू(ब्लु फिल्म) पनि खुव हेर्न थालेको छ । स्मार्ट फोन हुने साथीहरूले देखाउँदथे तर रोशनीको लागि इच्छा भएरपनि त्यो सम्भावना कम थियो । तर यौनिकताका पत्रपत्रिका र पुस्तक हेर्न भने रोशनीले पनि मौका मिलाएकी हुन्थिन । त्यस्ता पत्रपत्रिकाहरू हेर्ने मौका पनि राजेशका लागि धेरै अवसर मिल्दथ्यो । रोजेशका केहीसाथीहरू गाँजा र अरू पनि किसिमका नशालु औषधिहरू सेवन गर्न थालेका थिए ।

उसलाई पनि सेवन गर्न ती साथीहरूले धेरै दवाव दिए तर उसले भने त्यसो गरेन र साथीहरूसँग भेटघाट गर्न पनि छोडेन । किनिकि उसले सकारात्मक तरिकाले कसरी नाइँ भन्ने सीपको बारेमा साथी शिक्षा तालिममा सिकेको थियो । त्यही ज्ञान र सीपका कारण पनि उसले रोशनीलाई यौन सम्पर्कको लागि धेरै दवाव दिदैनथ्यो । राजेशमा बढ्दै गएको यौन चाहना मेट्नका लागि रोशनीसँग शारीरिक रूपमा नजिकिन थाल्यो । उनीहरूअँगालोमाहिँड्ने र हगिङ् पनि गर्न थालेका थिए । डेटिङ्का समयमा घण्टौ विताउँथे । रोशनी पनि आफ्नो इच्छा पुरा भएकोमा आनन्दित थिइन । त्यसपछि उनीहरूभावनात्मक र शारीरिक रूपमा पनि निकै नजिक भइसकेका थिए । एक दिन भेट्न नपाए पनि फोन सम्पर्कमा लामो समय विताउँने गर्दथे ।

समाजले महिलालाई यौन चाहना पुरा गर्न पुरुषलाई जति सहज हु नदिएको हुँदैन । पुरुषले भन्दा डर र लाज महिलाले बढी मान्नै पर्ने मनोसामाजिक प्रभाव सानो उमेर देखि नै पारेको भएपनि प्राकृतिक नियम अनुसार त दुबैमा हुने यौन चाहना बराबरी नै हो । यौन चाहना रोशनीमा पनि उत्तिकै थियो जति राजेशमा छ तर त्यसबाट पाउँने आनन्द राजेशको बढी नै हुन्थ्यो । राजेशसँगको सम्बन्ध निकै नजिक भएपछि रोशनीको व्यवहारमा केही परिवर्तनहरू देखिन थालेको उनकी आमाले अन्दाज गरिरहेकी थिइन ।

एक दिन आमाले त्यसका बारेमा जिज्ञासा राख्दा रोशनीले राजेशसँगको सम्बन्धको बारेमा सबै कुराहरू बताइन् । उनकी आमा किशोरावस्थाका बारेमा बुझ्ने र शान्त स्वभावकी भएको हुँदा रोशनीले अभिभावकबाट खप्नु पर्ने तनावको समस्या भएन । बरु यस्तो बेलामा अपनाउँन पर्ने होसियारी र जीवनोपयोगी सीपका बारेमा बताइन । उनको मुख्य भनाइ चाही २० वर्ष पुरा नभइ विवाह गर्न नहुने, अनिच्छित गर्भधारण गर्दा जीवनमा पर्ने नकारात्मक असर, जीवनको लक्ष निर्धारणमा हुनुपर्नेप्रतिबद्धता आदि । आमाले उपयुक्त समय मिलाएर मैत्रीपूर्ण तरिकाले कुराकानी गरेकी हुनाले रोशनीलाई आमाले भनेका कुराहरू जीवनमा अपनाउँन धेरै नै प्रेरणा मिल्यो ।

राजेशले भने अभिभावकहरू सँग आफ्ना कुराहरू लुकाउँने तर रोशनीसँग भएका कतिपय आपसी सम्बन्ध यौनिकताका गोपनीय कुराहरू आफ्नो साथी समूहमा चाहिँ गरेको रोशनीले विस्तारै थाहा पाउँन थाले पछि त्यही कारणले उनलाई मानसिक तनाव बढ्न थाल्यो । त्यही कारणले रोशनीसँगको सम्बन्धमा चिसोपना बढ्दै जान थाल्यो ।
रोशनीसँगको सम्बन्धमा चिसोपना बढे पछि राजेशले नजिक हुने विभिन्न बहाना बनाउँदै आएको भएता पनि रोशनीले विस्तारै टाढै हुने निर्णय गरिसकेकि थिइन र उनलाई आमाले पनि त्यही सल्लाह दिएकी थिइन । रोशनीलाई राजेशसँगको सम्बन्धको बारेमा आमासँग कुरा गरेर ठीक काम गरेको ठानेकी छिन । किनकी उनले आफ्नो पनि इच्छा हुँदिहुँदै र राजेशको पनि दवाव परिरहेको समयमा आमाले जोखिम पूर्ण यौन सम्पर्कका बारेमा राम्रो सल्लाह दिएको हुनाले आज उनलाई टाढा हुन सहज महसुस पनि भएको छ ।

किशोरावस्था एक सक्रमणकालिन उमेर हुनाले अभिभावक वा शिक्षकहरूबाट सही समयमा सही सल्लाह र सुझाव उनीहरुलाइ प्राप्त भएको खण्डमा मात्र सम्भावित जोखिमहरूबाट बचाउन सकिन्छ । भविष्यको लक्ष निर्धारण गर्न सहयोग पुग्दछ । सधैँ सकारात्मक तरिकाले गरिने व्यवहार र सहयोगले नै नयाँ प्रयोगको धारणा आउने भएकोले नकारात्मकभावनाहरूआउँदैन ।

किशोरावस्थामा एकदमै सकारात्मक सोचको विकास गर्न मद्दत गर्नुपर्दछ । ज्ञान वर्द्धक पुस्तकहरू तथा पत्रपत्रिकाहरू पढ्ने, परिवारका हरेक काम र मुद्दाहरूसँग समान सहभागी हुने, खेलकुद तथा सांगितिक क्रियाकलापमा संलग्न हुने आदिले व्यक्तित्व विकास गर्न मद्दत पुग्दछद । किशोर किशोरीहरूले असल र खराब व्यवहार बीचको भिन्नता थाहा पाउनका लागि शिक्षक र अभिभावकसँग सधैँ नजिक हुनु पर्दछ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ मा जन्मिएका लेखक अधिकारी यौनिक डटकमका प्रवन्धक निर्देशक तथा ‘सुरुआत’का रिसर्च कोअर्डिनेटर हुन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts