जिल्ला स्तरीय वक्तृत्वकलामा रफिक भए प्रथम

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ का रफिक भट्टराई पहिलो हुनु भएको छ ।

जिल्ला स्तरीय प्रतियोगितामा पहिलो भएका तिरिङ्गेस्थित कुम्भकर्ण आधारभूत बिद्यालयमा कक्षा ८ मा अध्ययरत बिद्यार्थी रफिकले कोशी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङको प्रतिनिधित्व गर्ने हुनु भएको छ । शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार प्रतियोगितामा आठराई त्रिबेणी गाउँपालिका वडा नं ५ चाँगेस्थित चाँगे माध्यमिक बिद्यालयका समिक्षा तामाङ दोस्रो हुँदा पाथीभरा याङवरक गाउँपालिका वडा नं ६ थुम्बेदिनस्थित शारदा माविका प्रज्ञा नेपाल तृतीय हुनुभयो ।

प्रतियोगितामा पहिलो हुनेलाई नगद ७ हजार,द्धितीय हुनेलाई नगद ५ हजार र तृतीय हुनेलाई नगद ३ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङले जनाएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको परिपत्र अनुसार‘नेपालको संविधान र सङ्घीयता कार्यान्वयन शीर्षकमा भएको वक्तृत्वकलामा ९ जना सहभागी हुनुहुन्थ्यो ।

Similar Posts