| |

अलैँची व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा रेग्मी चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २३ । नेपाल अलैँची व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा भद्रबीर रेग्मी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट रेग्मी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
संघको ११ सदस्यीय कार्यसमितिमा राजमणि मिश्र, तेजबहादुर भट्टराई र शङ्कर बस्नेत क्रमशः प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा चयन हुनुभएको छ । सचिवमा खेमराज केसी, सहसचिव गायत्री भण्डारी, कोषाध्यक्षमा रामप्रसाद बराल चयन हुनुभएको छ । सदस्यमा तोयानाथ गौतम, इन्दिरा बस्नेत, गोमा भण्डारी, हरिप्रसाद ओझा, अमृतबहादुर लिम्बू र चन्द्र राई चयन हुनुभएको छ ।
विगत २०६५ सालमा स्थापना भएको नेपाल अलैँची ब्यवसायी संघले गाउँगाउँसम्म पुगेर अलैँची खेती व्यवस्थापन, उत्पादन र बजारीकरणलगायत विषयमा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts