रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानद्धारा नेत्रहिन सदस्य र मष्तिकघात पीडितलाई सहयोग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ९ । स्वर्गीय रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानले आइतवार ताप्लेजुङका नेत्रहिनहरुका लागि न्यानो कपडा तथा मष्तिकघात पीडित भागिरथा पालुङवाका परिवारलाई उपचार सहयोग उपलब्ध गराएको छ ।


प्रतिष्ठानले नेत्रहिन संघ ताप्लेजुङमा आवद्ध ३५ जनाका लागि न्यानो कपडा(ट्रयाक सुट) प्रदान गरेको छ । प्रतिष्ठानका सदस्य समेत रहनु भएका सञ्चारकर्मी दिनेश लिङखिमले नेत्रहिन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूमार्फत प्राप्त हुन आएको नामावलीका आधारमा उक्त न्यानो कपडा हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उपलब्ध नेत्रहिन संघका सदस्यलाई स्थलतगत रुपमै दिइएको तथा र उपस्थित हुन नसकेकाहरुलाई नेत्रहिन संघको जिल्ला समितिमार्फत न्यानो कपडा उलब्ध गराईने समेत लिङखिमले जानकारी दिनुभयो ।

प्रतिष्ठानले फुङलिङ नगरपालिका वडा नं ७ निवासी बृखबहादुर पालुङ्वाकी श्रीमति भागिरथाको उपचारका लागि नगद ३० हजार रुपैंया समेत उपलब्ध गराएको छ । लामो समय देखि मष्तिकघात भएर उपचारमा रहनु भएकी भागिरथा अहिले भारतका बिभिन्न अस्पतालमा उपचाररत रहनु भएको छ । भागिरथाले झापा र मोरङका बिभिन्न अस्पतालमा समेत उपचार गराउनु भएको थियो ।

पछिल्लो समय प्रतिष्ठानले हरेक बर्ष सामाजिक कार्यका बिभिन्न अभियानमा सहयोग गर्दै आइरहेको छ । अघिल्लो बर्ष कोरोना संक्रमण बिरुद्ध अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि जनस्वास्थ्य सुरक्षाका सामाग्री(मास्क र स्यानीटाइजर)उपलब्ध गराएको थियो । बिक्रम् सम्वत २००४ सालमा जन्मिनुभएका लिङखिम २०२५ सालमा बृट्रिस आर्मीमा भर्ती भई २०४० सालमा सेवानिवतृ हुनु भएको थियो । उहाँको २०५३ साल असोज ९ गते निधन भएको थियो । त्यहिँ निधन भएको दिनमा सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत स्वर्गीय रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानले हरेक बर्ष बिभिन्न सहयोगका कार्य गर्दै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts