चोलेन्द्र कुर्सीमा फर्कने भयले सत्तारुढ दलहरु आत्तिएका छन् ः एमाले सचिव भट्टराई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २२ । एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले निलम्वित प्रधानन्याधीस चोलेन्द्र शमसेरजवरा फेरी सर्बोच्च अदालत फर्कन सक्ने भयले सत्तारुढ दलले संसदको आयु लम्ब्याउने गरी बिधयेक ल्याएको आरोप लगाउनु भएको छ ।

उहाँले जवरा माथिको महाअभियोग र ‘बिबादित’सत्य निरुपण सम्वन्धी बिधयेक यहिँ संसदबाट किनारा लाग्ने सम्भावना क्षिण हुँदै गएको अवस्थामा स्वार्थ पूरा नहुने भयले सत्तारुढ दलहरु आत्तिएको टिप्पणी गर्नु भएको हो । आउँदो निर्वाचनका लागि उम्मेदवार छनौटको सिलसिलामा गृह जिल्ला ताप्लेजुङमा रहनु भएका भट्टराईले प्रेश चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।‘जवरा बिरुद्धको महाअभियोग सम्वन्धीको बिषयको छलफल समितिबाट टुङ्गिएर भदौ ३० गते भित्रमा प्रतिनिधिसभामा पेश हुने कार्यसूची छ । भट्टराईले भन्नुभयो‘असोज २ गते दलहरुले समानुपातिको सूची पेश गर्नुपर्छ,त्यो पनि एक मनोनयन वा निर्वाचन प्रकृया नै हो’ । जबकी असोज १ गते देखि नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त हुन्छ’।

संसदको नियमावलीको प्रावधान सुनाउँदै संसदको एक कार्यकालमा पेश भएको बिल संसदको अर्को कार्यकालका लागि हस्तान्तरण नहुने भएकोले महाभियोग किनारा नलागी जवरा फर्किए आफ्नो स्वार्थ पूरा नहुने भएकोले सत्ताधारी दलहरुमा छट्पटी पलाएको भट्टराईको आरोप थियो । द्धन्दकालमा भएका अपराधका गम्भिर प्रकृतिका घटनालाई समेत क्षमादान दिनेगरी ल्याएको सत्य निरुपण सम्वन्धी बिधयेक जनहित प्रतिकुल रहेको र त्यसलाई पास गरेर सत्ता लम्ब्याउने खेलमा सत्तारुढ दलहरु लागि परेको आरोप समेत भट्टराईले लगाउनुभयो । महाभियोग र सत्य निरुपण सम्वन्धी बिबादित बिधयेक सत्ता स्वार्थसंग गाँसिएकोले यहिँ संसदबाट किनारा लगाउन सत्ताधारी दलले संसदको आयु लम्ब्याउने दुश्प्रयास गरेको भट्टराईले बताउनुभयो । बिचार नमिल्नेहरुको अहिलेको गठबन्धन सत्ता स्वार्थ मिल्नेहरुको गठजोड मात्र भएको उहाँले दावी गर्नुभयो ।

देशको अर्थतन्त्र डामाडोल बनाएको ,महंगीले चरम रुप लिएको,बिदेशी कुटनीति अपरिपक्व बनाएर नेपालको अन्तराष्ट्रिय सम्वन्ध असन्तुलित बनाएको,बैंकहरुमा तरलता अभाव देखिएको,नेपाललाई महाशक्ति राष्ट्रहरुको द्धन्दको थलो बनाउने आधार सृजना गरेको,बिदेशी सञ्चिती ढंगले जस्ता नकारात्मक प्रभाव बाहेक सत्तारुढ दलले मुलुक र जनताको हितमा केहि काम गर्न नसकेको भट्टराईको आरोप थियो । सिद्धान्त र बिचार नमिल्नेहरुको गठबन्धन सत्ता स्वार्थ केन्द्रित हुने उहाँले बताउनुभयो । एमालेले तीव्र बहुमत ल्याएर आफ्नो स्वार्थ ढाल्ने देखेकोले बिचार नमिल्ने शक्तिहरु गठबन्धनका नाममा एक भएको भट्टराईले बताउनुभयो । उहाँले राज्य सञ्चालनमा सत्ताधारी दलले देखाएको अपरिपक्वता,अबिबेकी र जनहित बिपरितका कार्यलाई सच्याउन एमालेले बहुमत ल्याउनै पर्ने दावी गरे ।

स्थानीय तहमा आन्तरिक रुपमा देखिएका समस्याको निरुपण गरी पार्टी,संगठन,बिचार,मुद्दा र असल उम्मेदवारको अस्त्र प्रहार गर्ने पार्टीको योजना रहेको उहाँले सुनाउनुभयो । भट्टराईका अनुसार असोज पहिलो साता पार्टीले निर्वाचन घोषणा पत्र जारी गर्ने भएको छ । उम्मेदवार छनौटमा जिल्ला तहबाटै सहमति कायम अधिकतम प्रयास गर्ने र नभए प्रस्तावित नामहरु केन्द्रीय कमिटीमा पठाई त्यहिँबाट निरुपण गर्ने भट्टराईको भनाई थियो । कार्यक्रममा एमाले जिल्ला प्रचार विभाग प्रमुख दीपेन्द्र पोमूले जिल्ला अध्यक्ष भूपेन्द्र थेबेको अध्यक्षतामा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको जानकारी दिनुभयो । उहाँका अनुसार असोज १५ गते सम्मका लागि संगठन सुद्रिढीकरण तथा जनपरिचालन अभियान चलाइने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts