|

ईञ्जिनियर्स एसोशिएसन ताप्लेजुङमार्फत फक्ताङ्लुङको खेजेनिमका ७५ बिद्यार्थीलाई झोला बितरण गरिदैं

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ९ । ६० औं ईञ्जिनियर्स दिवसको अवसरमा ईञ्जिनियर्स एसोशिएसन ताप्लेजुङले घोषणा गरेको ७५ थान बिद्यालय झोला बिहीबार हस्तान्तरण गरिएको छ ।

ईञ्जिनियर्स एसोशिएसन ताप्लेजुङका प्रतिनिधि नन्दकुमार ओझा लगायतले बिद्यालयलाई फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिमका दुई बिद्यालयका बिद्यार्थीलाई पुग्ने गरी पालिकाका उपाध्यक्ष विकाश साम्रा लिम्बूलाई हस्तान्तरण गर्नु भएको छ । पाठ्यसामग्री बोक्न प्रयोग गरिने यी झोला खेजेनिमको चवाखु र सिबु आधारभूत विद्यालयका तीनकक्षा मुनिका बिद्यार्थीलाई प्रदान गरिने भएको छ । उपाध्यक्ष साम्राले आइतवार विद्यालयमा पुगेर झोला हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

झोला खरिदमा ८० हजार रुपैंया बढी खर्च भएको ओझाले जानकारी दिनुभयो । ईञ्जिनियर्स दिवसको अवसरमा ताप्लेजुङमा रहेका २५ जना ईञ्जिनियरहरुले संयुक्त रुपमा खरिद गरेको बताइएको छ । दिवसको अवसरमा ईञ्जिनियरहरुले गतवर्ष सदरमुकाम फुङलिङका सुस्तश्रवण वालवालिकालागि कपडा धुने वासिङ मेशिन, ग्याँस चुल्हो लगायतका सामग्री प्रदान गरेका थिए । हस्तान्तरण कार्यक्रममा इञ्जिनियरहरु मञ्जिला श्रेष्ठ, बिशाल गुरुङ लगायतको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts