शपथग्रहणसंगै ताप्लेजुङ जिल्ला समन्वय समितिका पदाधिकारीद्धारा पदभार ग्रहण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १ । ताप्लेजुङ जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुले बुधवार शपथग्रहण संगै पदभार ग्रहण गर्नु भएको छ । समन्वय समितिका प्रमुख छिरिङ लामा र उपप्रमुख कृष्णप्रसाद लिङखिमले आ–आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्न भएको छ ।

जिससका नवनिर्वाचित सदस्यहरुले समेत पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण संगै निमित्त जिल्ला समन्वय अधिकारी मुक्तिनाथ सुबेदीको नेतृत्वमा रहेको प्रशासनिक टोलीले प्रमुख लामा,उपप्रमुख लिङखिम र ७ जना सदस्यहरुलाइ जिल्ला समन्वय समितिमा स्वागत गर्नु भएको थियो । बुधवारै जिल्ला समन्वय समितिको कार्यकारी बैठक समेत गरिएको निमित्त जिल्ला समन्वय अधिकारी सुबेदीले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथग्रहण
मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले सोमवार जिल्ला समन्वय समिति प्रमुख लामालाइ शपथग्रहण गराएको छ । मुख्य निवाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले नवनिर्वाचित समन्वय समिति प्रमुख लामालाइ पद तथा गोपनियताको शपथग्रहण गराउनुभयो । त्यसपछि समन्वय प्रमुख लामाले उपप्रमुख लिङखिम तथा सदस्यहरु क्रमशःरवीन्द्रकुमार वनेम,सन्तोष राई,बिष्णुप्रसाद तिवारी,हेमन्ता मिश्र पौडेल,चन्द्रकला दाहाल कडरिया,सविता लिङदेन र भूपाल मादेनललाइ शपथग्रहण गराउनु भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथग्रहण सकिए लगत्तै निमित्त जिल्ला समन्वय अधिकारी सुबेदीको नेतृत्वमा रहेको प्रशासनिक कर्मचारीको टोलीले समन्वय प्रमुख,उपप्रमुख र सदस्यहरुलाइ पदबहालीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत परिसर)बाट जिल्ला समन्वय समिति सम्म लिएर गएको थियो । मंगलवार भएको निर्वाचनबाट नेकपा एसका जिल्ला अध्यक्ष समेत रहनु भएका लामा र ७ सदस्य निर्वाचित हुनु भएको थियो भने उपप्रमुख लिङ्खिम निर्विरोध हुनु भएको हो । लिङ्खिम काँग्रेसका हुनुहुन्छ । ९ सदस्यमा समन्वय समितिका प्रमुख सहित नेकपा एसका २,उपप्रमुख सहित काँग्रेसका ५ र माओवादीका २ सदस्य निर्वाचित हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts