|

स्थानीय उत्पादन देखि रोजगारी सृजनामा टेवा पु¥याउन प्रदेश सरकार लागि पर्ने मन्त्री हाङ्गामको भनाइ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २६ । ताप्लेजुङमा बिहीबारबाट ५ दिने औद्योगिक तथा पर्यटन मेला सुरु भएको छ ।

१ नं प्रदेश सरकारका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले मेलाको उद्घाटन गर्दै स्थानीय उत्पादनप्रति आर्कषण बृद्धि,रोजगारी सृजना,उद्यम विकास र उत्पादनको बजारीकरण गर्ने प्रमुख उद्देश्यका साथ औद्योगिक तथा पर्यटन मेला सुरु भएको बताउनुभयो । प्रदेश तथा स्थानीय सरकारले उद्यम विकास र रोजगारी सृजनाका लागि आधार तयार गर्न सक्ने उहाँको भनाइ थियो । स्थानीय स्तरमै पाइने कच्चा पदार्थको प्रयोग गरेर सीपलाइ श्रममा बदल्ने र श्रममार्फत रोजगारी सृजना गर्ने कार्यमा लाग्ने हो भने प्रत्येक व्यक्ति आफैं आत्मनिर्भर बन्न सक्ने मन्त्री हाङ्गामको भनाइ थियो ।’जाँगर भए सीपको उपयोगमार्फत आफैं उद्यमी बन्न सकिन्छ‘उहाँले भन्नुभयो‘उत्पादनको बजारीकरणको जिम्मा प्रदेश र स्थानीय सरकारले लिन्छ’हाङगामको भनाइ थियो ।

उहाँले सीप विकास,सीप तथा प्रविधि हस्तान्तरणमा प्रदेश सरकारले सम्वन्धित जिल्लाका घरेलु कार्यालयमार्फत सहजीकरण गर्ने समेत बताउनुभयो । अबको समयमा परनिर्भरताको अन्त्य गर्नु अनिवार्य रहेको बताउँदै मन्त्री हाङ्गामले प्रदेश सरकार स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन,भण्डारण र बजारीकरणका लागि सदैव तयार रहने दावी गर्नुभयो । आफुहरु लघु उद्यम सृजना र उत्पादित बस्तुहरुको बजारीकरणका लागि स्थानीय र संघीय सरकारसंग सहकार्य र समन्वय गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्यायले साना उद्यमीहरुको उद्यमशिलता प्रवद्र्धनका लागि तीनै तहका सरकारको सहयोग अपरिहार्य रहनेमा जोड दिनुभयो । उहाँले सीप र प्रविधिमा सहयोग गर्ने र उनीहरुको उद्यमशिलता प्रवद्र्धनका लागि बिशेष योजना आउने हो भने सवल उद्यमीहरुको गुणात्मक रुपले संख्या बृद्धि हुने बताउनुभयो । घरेलु तथा साना उद्योग महासंघका प्रदेश समिति अध्यक्ष शिवा उपाध्याय(अञ्जु)ले घरेलु तथा साना उद्योग महासंघ आफुलाइ चाहिने सीप र प्रविधिका लागि तीनै तहका सरकारसंग समन्वय गर्न तयार रहेको बताउनुभयो । रोजगारी सृजनामा घरेलु तथा साना उद्यमीहरुको प्रयास र मेहनेतलाइ तीनै तहका सरकारले बुझिदिने हो भने उद्यम विकासका लागि ठूलो राहत पुग्ने उहाँको भनाइ थियो ।

घरेलु तथा साना उद्योग महासंघको १ नं प्रदेश महिला उद्यम समितिका अध्यक्ष नमिता न्यौपानेले घरेलु तथा साना उद्योगका माध्यमबाट नेपालको आर्थिक समृद्धिको अभियानमा पुगेको सहयोग मूल्यमा दाँज्न नसकिने प्रकृतिको रहेको बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योगीहरुको न्यूनतम् आवश्यकता,चाहना र मागको सम्बोधन हुन सकेमा यो क्षेत्रमार्फत नेपालको रोजगारी सृजनामा उल्लेख्य टेवा पुग्ने भन्दै यसका लागि तीनै तहका सरकार गम्भिर बन्नुपर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले उत्पादनको प्रवद्र्धन,बजारीकरण र सम्भावना तथा चुनौतिको अवस्था बताउन ५ दिने महोत्सव कामयावी हुने बिश्वास लिनुभयो । ३० गते सम्म चल्ने महोत्सवमा ताप्लेजुङमा उत्पादन हुने राडीपाखी,अलैंचीको रेसाबाट बनाइएका बिभिन्न सामग्री,स्थानीय स्तरमा बनाइएका घरेलु हतियार,स्थानीय कच्चा पदार्थको प्रयोगबाट बनाइएका अल्लो र खाँडीका कपडा,ठेकी,तोङ्वाका भाँडा,बाँसजन्य उत्पादनका सामग्री,तेह्रथुमे ढाकाका कपडा,प्रशोधित मह,कफी सहितका स्टल रहेका छन् ।

बिभिन्न जातजातिका खाद्य परिकार,दुग्धजन्य पदार्थबाट बनाइएका सामग्री,स्थानीय रुपमा उत्पादन गरिएका फलफुल र सागसब्जी,नेपाली हातेकागज,डोको,थुन्से सहितका सामग्रीका स्टल रहेका छन् । औद्योगिक तथा पर्यटन मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरुको करिव तीन दर्जन स्टल राखिने छ भने कृषि, जडीबुटी, वन, पशु तथा पर्यटनसम्बन्धी जानकारी साथै अवलोकनको व्यवस्था मिलाएको छ ।

औद्योगिक प्रर्दशनीका लागि पाँचथर,इलाम,तेह्रथुम लगायतका जिल्लाहरुबाट समेत उद्यमीहरु आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका ताप्लेजुङ अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । आफुले कोरेका चित्रसहित प्रर्दशनीका लागि धनकुटाबाट चित्रकार डिल्लीकृष्ण आले स्वयं उपस्थित हुनु भएको छ ।

पत्रकार महासंघले ताप्लेजुङले यहाँको दैनिकी झल्कने फोटोहरु प्रर्दशनीमा राखेको जनाएको छ । घरेलु तथा साना उद्योग महासंघका जिल्ला सचिव हर्कराज गुरुङले शुक्रवारबाट बिभिन्न प्रतियोगितात्मक र रचनात्मक कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । यस्तै औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन, चोयाको डोको र गजेरा बुन्ने सीपमुलक तालिम, प्रदेशस्तरी औद्योगिक छलफल तथा अन्र्तक्रिया समेतको आयोजना गरिएको महोत्सवका साँस्कृतिक विभाग संयोजक दिनेश लिङखिमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts