|

आङबुहाङद्धारा चाँगे माविलाई निरन्तर भलिबल सामग्री सहयोग गर्ने बचन,दुई थान बल दिएर अभियानको सुरुआत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २४ । ताप्लेजुङका एक निर्माण व्यवसायीले आफु पढेको बिद्यालयका लागि २ थान भलिबल ‘मूलधन’झैं सहयोग गर्दै बिद्यालयमा निरन्तरले कम्तिमा २ थान बल हुने गरी सहयोग गरिरहने बचन दिनु भएको छ ।

आङबुहाङ कन्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी उदय आङबुहाङले आठराइ त्रिबेणी गाउँपालिका स्थित चाँगे माविलाइ २ थान भलिबल दिएर भलिबल फुटेमा वा बिग्रिएमा त्यसको सट्टा अर्को दिने बचन दिएको बिद्यालयले जनाएको छ । आङबुहाङले दिएका भलिबलम बिग्रिएमा वा फुटेमा बिद्यालय प्रशासनले त्यसको अबशेष सहित लिखित पत्राचार गरिदिने बित्तिकै आफुले त्यसको सट्टा नयाँ भलिबल दिने आफुले घोषणा गरेको जानकारी दिनुभयो ।

बिद्यालय खेल क्षेत्रमा प्रख्यात कमाउन सफल भएको र यस्तो सहयोगले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ सहयोग पुग्ने उद्देश्यले आफुले यस्तो सहयोग गर्ने बचन दिएको उहाँले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts