सरकारले घोषणा गरेको साताको दुइदिनको बिदा फुङलिङ नगरपालिकाका बिद्यालयमा लाग नहुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २० । ताप्लेजुङको फुङलिङ नगरपालिकाले पालिकाभरीका बिद्यालयमा आइतवारको बिदा लागु नगर्ने निर्णय गरेको छ ।

गत जेठ १ गते देखि सरकारले सार्वजनिक निकायहरुमा परीक्षणका रुपमा साताको दुईदिन शनिवार र आइतवार बिदा दिने निर्णय गरी गत बैशाख २६ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो । फुङलिङ नगरपालिकाका वडा नं २ का वडाध्यक्ष समेत रहनु भएका नगर कार्यपालिकाका प्रवक्ता मोहन न्यौपानेका अनुसार नगरपालिका भित्रका बिद्यालयहरुमा साविक झैं प्रत्येक शनिवार र अन्य सार्वजनिक बिदा बाहेक आइतवारको बिदा लागु हुनेछैन । नगरपालिकाले यहाँका बिद्यालय आइतवार देखि बिहीबार सम्म बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म र प्रत्येक शुक्रवार बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म सञ्चालन हुने निर्णय भएको समेत न्यौपानेले जानकारी दिनुभयो ।

कार्यपालिकाको बैठले फुङलिङको १२ औं नगरसभा आउँदो असार १० गते गर्ने निर्णय समेत गरेको छ । जस अनुसार जेठ २५ गते देखि असार १ गते सम्म टोल बस्तीमा गई वडास्तरीय योजनाहरु छनौट गर्नेगरी कार्यसूची तयार भएको समेत प्रवक्ता न्यौपानेले बताउनुभयो । टोलबस्तीबाट छनौट भएका योजना असार २ गते भित्र नगर कार्यपालिकामा पेश भइसक्नुपर्ने निर्णय समेत नगरपालिकाले निर्णय गरेको छ । असार २ गते देखि ६ गते सम्म बिषयगत समितिको बैठक बस्ने भएको छ भने नीति तथा कार्यक्रमको तयारी असार ४ देखि ६ गते सम्म गरिने भएको छ ।
बने बिभिन्न समिति
नगर कार्यपालिकाको बैठकले नगर उपप्रमुख भीमादेवी ओझाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,कार्यपालिका सदस्यद्धय सोजित श्रेष्ठ र भीमकला दर्जी सदस्य रहेको स्थानीय राजश्व परार्मश समिति गठन गरेको छ । समितिमा निजी क्षेत्र र घरेलु तथा साना उद्योगको मान्यताप्राप्त संस्थाको पालिका अध्यक्ष समेत सदस्य रहनेछन् ।

यस्तै नगरप्रमुख अमिर मादेनको संयोजकत्वमा नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,कार्यपालिका सदस्यहरु सीता नेपाल,दिनेश खवास,मोहन न्यौपाने र मदन गुरुङ सदस्य रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति बनेको छ ।

यस्तै वडा नं ११ का वडाध्यक्ष युवराज भट्टराईको संयोजकत्वमा कार्यपालिका सदस्यद्धय साङगेपाल्देन शेर्पा र कमला खत्री सदस्य रहेको बिधायन समिति बनेको छ । वडा नं १ का वडाध्यक्ष रुद्रकुमार मादेनको संयोजकत्वमा कार्यपालिका सदस्य सन्तोष लिम्बू र सीता नेपाल सदस्य रहेको आर्थिक विकास समिति गठन भएको छ ।

वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवार संयोजक रहेको सामाजिक विकास समितिमा मोहन न्यौपाने र दुर्गा पालुङ्वा सदस्य रहनु भएको छ । वडा नं ५ का वडाध्यक्ष सोजित श्रेष्ठको संयोजकत्वमा योगेन्द्र निरौला र भीमकला दर्जी सदस्य रहेको सार्वजनिक सेवा तथा क्षमता विकास समिति र वडा नं ६ का वडाध्यक्ष मदन गुरुङको संयोजकत्वमा टंक पालुङ्वा र सबिना मादेन सदस्य रहेको पूर्वाधार विकास समिति गठन भएको समेत प्रवक्ता न्यौपानेले बताउनुभयो ।

नगर कार्यपालिकाको बैठकले वडा नं ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ संयोजक रहेको लेखा समितिमा कार्यपालिका सदस्यद्धय योगेन्द्र निरौला र सीता नेपाल सदस्य रहनु भएको छ । वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेको संयोजकत्वमा बनेको वन वातावरण तथा बिपद् व्यवस्थापन समितिमा कार्यपालिका सदस्यहरु लक्ष्मण गुरुङ र दिनेश खवास सदस्य रहेको समेत नगरपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts