दुई स्वतन्त्र सहित ताप्लेजुङमा ४३ वटा वडाको नतिजा आयो,अहिले सम्म एमालेका वडाध्यक्ष बढी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २ । ताप्लेजुङका ६१ वटा वडाहरुमा जनप्रतिनिधि चयनको क्रममा यसपटक मिश्रित नतिजा आएको छ । एमालेले २१ जना वडाध्यक्ष जितेको छ । नेपाली काँग्रेसले ११ वटा वडाध्यक्ष जित्दा माओवादी केन्द्रले ६ वडा वडाध्यक्ष जितेको छ । नेकपा एसले २ वटा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्ले १ वटा वडाध्यक्ष जितेको छ । सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा वडाध्यक्ष सहित एक खुल्ला सदस्य स्वतन्त्र रुपमा निर्वाचित हुँदा सिदिङ्वा ४ साब्लाखुमा ४ सदस्यीय स्वतन्त्रबाटै निर्वाचित भएका छन् । फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ बाट यसअघि नै वडाध्यक्ष सहितका ५ जना स्वतन्त्र रुपमा निर्विरोध चयन भइसकेका छन् । ताप्लेजुङमा ६१ वटा वडा रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts