सिराहाको सलहेसले जित्यो चौथो ताप्लेजुङ गोल्डकपको उपाधि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १९ । चौथो ताप्लेजुङ गोल्डकपको उपाधि लगातार दोस्रो बर्ष सलहेस युवा क्लव सिराहाले जितेको छ ।

भारी बर्षा र हिलाम्मे मैदानकाबिच पाँचथरको फिदिम स्पोर्टिङ क्लवलाई १–० ले पराजित गर्दै सलहेसले उपाधि रक्षा गरेको हो । सहलेसका लागि फागुराम थारुले मध्यान्तर पछि निर्णायक गोल गर्नुभयो । मध्यान्तर अघि भने दुबै टोलीले गोलसहित बराबरी खेलेका थिए । सलहेसले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि समेत चुमेको थियो । दोस्रो ताप्लेजुङ गोल्डकपबाट सहभागी बन्न थालेको सलहेस यो सहित दुईपटक लगातार बिजेता बनेको छ भने दोस्रो संस्करणमा उपबिजेता बनेको थियो ।

सलहेस बिरुद्ध जीत निकाल्न नसकेको फिदिमले ताप्लेजुङ गोल्डकप जितेर ईतिहाँस रच्ने मौका गुमाएको छ । फिदिम ताप्लेजुङ गोल्डकपमा भने पहिलोपटक फाइनलमा पुगेको हो । ताप्लेजुङ गोल्डकप सुरु हुनुअघि भने फिदिमले भानुजन माविको मैदानमा एकपटक फाइनल उपाधि नै उचालेको छ । प्रतियोगिताको बिजेता बनेको सलहेसले नगद ७ लाख २ हजार ८३ रुपैयाँ पाएको छ भने उपबिजेता बनेको फिदिमले ३ लाख २ हजार ८३ रुपैयाँ पाएको छ ।

Similar Posts