| |

काँग्रेस ताप्लेजुङद्धारा ३ जिल्ला सदस्य र ५ आमन्त्रित जिल्ला सदस्य मनोनयन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १९ । नेपाली काँग्रेस ताप्लेजुङले ३ जना जिल्ला सदस्य र ५ जना आमन्त्रित जिल्ला सदस्य मनोनयन गरेको छ ।

सभापति गजेन्द्रप्रसाद तुम्याहाङले नेपाली काँग्रेसको बिधान २०१७ (शंसोधन सहित)धारा १२ को उपधारा ५(ख)२ बमोजिम मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसाँघुका कविता सुब्बा,फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका गणेश सिग्देल र फुङ्लिङ नगरपालिका वडा नं ९ का विश्वराज राईलाइ जिल्ला कार्य समिति सदस्यमा मनोनयन गर्नु भएको छ । यस्तै पार्टी नियमावली २०७६ को परिच्छेद १८ को नियम ५६ को उपदफा(२) बमोजिम ५ जनालाइ आन्त्रित जिल्ला सदस्य मनोनयन गरिएको काँग्रेस ताप्लेजुङले जनाएको छ ।

आमन्त्रित जिल्ला सदस्य मनोनयन हुनेहरुमा मेरिङ्देन गाउँपालिका वडा नं ४ लिङ्तेपका मदनकुमार नाल्वो,फुङ्लिङ नगरपालिका वडा नं ४ का राजेन्द्रकुमार येङ्देन र शुन्दरमोहन शाक्य,सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनाका बिक्रम साँवा र मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुका ललित(पारस)चोङ्वाङ रहेका रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts