सूचना आदानप्रदानमा कञ्जुस्याँइ हुन्न ः प्रजिअ पोखरेल

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ५ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सूचना आदानप्रदानमा आफ्नो कार्यकालभर कुनै कञ्जुस्याँइ नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आएपछि यहाँका सञ्चारकर्मीसंग बिहीबार परिचयात्मक अन्र्तक्रिया कार्यक्रम गर्दै प्रजिअ पोखरेलले कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीबीच नियमित भेटघाट हुने वातावरण मिलाउन प्रतिबद्ध रहेको बताउनुभयो । ताप्लेजुङका साझा समस्याको समाधानमा सरोकारवाला सबै पक्षको सल्लाह र परार्मश लिने उहाँको भनाइ थियो । आफुले गृह प्रशासनमा रहेर काम गर्दाको अनुभवलाइ ताप्लेजुङमा रचनात्मक ढंगले प्रयोग गर्ने बताउँदै उहाँले शान्ति सुरक्षा र अचन चयन कायम गर्ने कुरामा सम्झौता नहुने बताउनुभयो । बिपद्का दृष्टीले ताप्लेजुङ जोखिमपूर्ण रहेको आफुले पनि सुनेको भन्दै बिपद् पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा बिशेष चनाखो हुनु अहिलेको प्रमुख आवश्यकता भएको प्रजिअ पोखरेलको भनाइ थियो । अहिले निर्वाचनको मिति समेत तोकिइ सकेको अवस्थामा अबका दिन निर्वाचन,शान्ति सुरक्षा र समग्रमा मानिसको जनधनको सुरक्षा केन्द्रित हुने उहाँले संकेत गर्नुभयो ।

प्रजिअ भएर आएपछि आफुले जिल्लाका बिभिन्न सरोकारवाला पक्षसंग छलफल गर्ने क्रममा यहाँका केहि समसामयिक सन्दर्भ,आवश्यकता र आफु र आफ्नो निकायबाट हुनुपर्ने कार्यका बारेमा अभिव्यक्त भएका अपेक्षा बारे आफु सम्बेदनशिल भइसकेको पोखरेलले बताउनुभयो । व्यवसाय उपभोक्तामैत्री,सार्वजनिक सेवा शुसासनयुक्त र सेवाग्राहीमैत्री तथा रहेक कार्य सम्पादन नियम,कानुन र कार्यविधि मैत्री हुनुपर्नेमा पोखरेलको जोड थियो । केहि समस्या आएमा समस्याको संकेत गरिदिने हो भने त्यस्ता समस्याको समाधान गर्ने कुरामा कुनै तहबाट पछि नहट्ने पोखरेलले प्रतिबद्धता दोहो¥याउनुभयो । मानव अधिकारको संरक्षण र असल कार्यको प्रवद्र्धन गर्न तथा गलत कार्य गरेवापत दण्डित हुनुपर्छ भन्नेमा आफु पहिल्यैबाट सजग रहेको उहाँको भनाइ थियो ।‘सबैले सकारात्मक सोच र कार्यशैली अपनाउने हो भने जिल्लाका लागि गर्न सकिने योगदान त्यहिँ हुने छ’पोखरेलले भन्नुभयो । उहाँले विकास निर्माणका काम तोकिएको मितिमै हुनुपर्छ भन्नेमा समेत सम्वन्धित पक्षसंग छलफल गरेको जानकारी दिनुभयो ।

पोखरेलले राजनीतिक दल,उद्योगी व्यवसायी,रेडक्रस,होटल व्यवसायी संघ,कार्यालय प्रमुख तथा सञ्चारकर्मी र नागरिक समाजका अगुवासंग परिचयात्मक छलफल गर्नु भएको छ । अब यातायात व्यवसायी संग समेत छलफल गरेर जिल्लाको यातायात व्यवस्थापनका बारेमा ठोस योजना बनाउने संकेत समेत पोखरेलले गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts