मेहनेत र सक्रियताको प्रतिफल ःनेपाल लाइफमार्फत प्रिमियम संकलनमा ताप्लेजुङका भण्डारी नेपाल‘फस्ट’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस ३ । निरन्तरको प्रयास,मेहनेत र सक्रियताले मानिसलाइ सफल बनाउँदै लैजान्छ भन्ने उदाहरणलाइ ताप्लेजुङको फुङ्लिङका बीमा ब्यवसायी राजु भण्डारीले कामबाटै पुष्टी गर्नु भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध भण्डारीले मंसिर महिनामा नेपालभरमै सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा आफ्नो नाम राख्नु भएको छ । नेपाल लाइफको मासिक प्रतिबेदन अनुसार अनुसार भण्डारीले मंसिर महिनामा ४४ लाख ३६ हजार ४२ रुपैयाँ प्रिमियम रकम संकलन गर्दै नेपालभरका नेपाल लाइफका अभिकर्तालाई उछिन्नु भएको छ । प्रिमियम भन्नाले बीमा गर्ने व्यक्तिले बीमा बापत लाग्ने गरी तिरेको आवधिक शुल्कलाइ जनाउँछ । भण्डारी पहिलो हुँदा खुसी भट्ट दोस्रो र कमल बिनायकका कृष्णबहादुर राई तेस्रो हुनु भएको प्रतिबेदन नेपाल लाइफले सार्वजनिक गरेको छ । भट्टले संकलन गरेको मंसिर महिनाको प्रिमियम ३५ लाख ७५ हजार ६ सय ५६ रुपैंया रहेको छ । यस्तै राईले ३४ लाख ४३ हजार ७ सय ७५ रुपैंया प्रिमियम संकलन गर्नु भएको छ । फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा निवासी भण्डारी बिगत ५ बर्षदेखि बीमा क्षेत्रमा कार्यरत रहनु भएको छ । प्रिमियम संकलनमा उहाँ पटक–पटक जिल्ला पहिलो हुनु भएको थियो भने आर्थिक बर्ष २०७७।०७८ को अवधिमा नेपाल लाइफमार्फत प्रिमियम संकलन गर्नेमा उहाँ ३१ औं स्थानमा पर्न सफल हुनु भएको थियो ।

कुनैबेला तत्कालिन जनस्वास्थ्य कार्यालय(हाल स्वास्थ्य कार्यालय)ताप्लेजुङमा करार सेवाका जागिरे भण्डारीले सो जागिर छाडेर जीवन बीमा क्षेत्रमा पूर्ण समय दिन थाल्नु भएको हो । ‘मलाई सहयोग गर्नुहुनुने बीमित, अभिकर्ता साथीहरु, म कार्यरत ताप्लेजुङ शाखा सबैलाई धन्यवाद दिन्छु’प्रिमियम संकलनमा जिल्ला प्रथम हुनु भएका भण्डारीले सामाजिक सञ्जालमार्फत सहयोगी सबै महानुभावहरुप्रति आभार प्रकट गर्दै लेख्नु भएको छ । दुर्गम र हिमाली जिल्ला ताप्लेजुङमा रहेर पनि जीवन बीमा क्षेत्रमा भण्डारीले प्राप्त गरेको सुखद् नतिजा बीमा अभिकर्ताहरुका लागि सम्पतिको रुपमा रहने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक हिमाल राईले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts