|

बुहारीलाई कम्प्युटर शिक्षा दिन थालियो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बुहारीलाई कम्प्युटर शिक्षा दिन थालिएको छ । बुहारी अर्थात विवाहित महिलालाई कम्प्युटरको पहुँचमा पु¥याउने उद्देश्य राखेर फुङ्लिङ नगरपालिका–५ ले कम्प्युटर शिक्षा दिन थालेको हो ।
पछिल्लो समय हरेक काममा कम्प्युटरको प्रयोग हुन थालेको र कम्प्युटर शिक्षा अनिवार्य जस्तै हुँदै गएपछि छोरी÷बुहारीलाई कम्प्युटर सिकाउन थालिएको हो । फुङ्लिङ नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाका अनुसार आदिवासी जनजातिको सीप विकासका लागि वडाले विनियोजन गरेको रकमबाट विवाहित महिलालाई आधारभूत कम्प्युटर शिक्षा दिन सुरु गरिएको हो ।
वडा कार्यालयले चालू आवका लागि विनियोजन गरेको दुई लाख रुपियाँ बजेट मध्येबाट बुहारी कम्प्युटर शिक्षा कार्यक्रममार्फत विवाहित जनजाति महिलाहरुले कम्प्युटर सिक्न थालेका वडाध्यक्ष ओझाले जानकारी दिनुभयो । अलिले वडा भित्रका राई, लिम्बू, तामाङ, गुरुङ, मगर अर्थात आदिवासी जनजाति समुदायका महिलाहरु कम्प्युटर शिक्षा लिँदै आएका छन् ।
फुङ्लिङ नगरपालिका–५ वडा कार्यालयले सञ्चालन गरेको कम्प्युटर कक्षा प्रशिक्षार्थीलाई दुई समूहमा विभाजन गरेर सिकाउँदै आएको इमेज कम्प्युटर इन्स्टिच्युटका प्रोपाइटर एवं प्रशिक्षक राजकुमार गुरुङले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) को महामारीकाबीच कक्षा सञ्चालन गर्नु परेकाले प्रशिक्षार्थीलाई १०–१० जनाको समूह बनाएर छुट्टा–छुट्टै समयमा सामाजिक दूरीसमेत कायम हुनेगरी कम्प्युटर सिकाउँदै आएको गुरुङले जानकारी दिनुभयो । आधारभूत कम्प्युटर शिक्षा ९० दिनको कोर्ष हुने हुँदा सोहीअनुसार आयोजकसँग सम्झौता गरेर तालिम सुरु गरिएको उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts