| |

विद्यार्थी हत्याको शोकमा विद्यालय विदा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ११ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले आफ्नो विद्यार्थीको हत्या भएकोमा एकदिन शोक विदा दिएको छ । कक्षा ११ मा अध्ययरन छात्रा पुष्पा तबेबुङ लिम्बूको हत्या भएकोमा विद्यालयले सोमबार शोक विदा दिएको हो ।
शोक विदाको दिन कक्षा १ देखि १२ सम्म र प्राविधिक धारतर्फ कुनैपनि पठनपाठन नभएको तथा विद्यालय प्रशासनसमेत नखुलेको प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । आइतबार ढिलोगरी आफ्नो विद्यार्थीको हत्या भएको पुष्टि गर्दै हत्यामा सङ्लग्नलाई प्रहरीले सार्वजनिक गरेपछि सोमबार एकदिन शोक विदा दिने निर्णय गरिएको प्रधानाध्यापक राईले बताउनुभयो । शोक विदाको निर्णय आकस्कि भएकाले सोमबार धेरै विद्यार्थी विद्यालय पुगेर विदा गरिएको बुझेपछि घर फर्केका थिए ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई सदरमुकाम फुङ्लिङको बिहीबारे टोलमा डेरा गरी बसेर भानुजन माविमा अध्ययनरत पुष्पाको शव शंकास्पद अवस्थामा शुक्रबार फुङ्लिङ नगरपालिका–७ दोखुको सेतीचौतारा नजिक निगाले भीरमा शव फेला परेको थियो । शव भेटिएको तीन दिनपछि किशोरीको हत्या भएको पुष्टि गर्दै घटनामा संलग्नलाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts