शैक्षिक क्षति कम गर्न स्व–अध्ययन सामग्री बितरण गर्दै आठराइ त्रिबेणी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले शैक्षिक क्षति कम गर्न बनाइएको स्व–अध्ययन सामग्री बुझी लैजान पालिका भरीका सबै सामुदायिक बिद्यालयहरुलाइ परिपत्र गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले ह्युमन प्राक्टिस फउण्डेसन(एचपीएफ)द्धारा स्व–अध्ययन सामग्री पाएका बिद्यालय बाहेक पालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुलाइ जानकारी गराइएको बताउनुभयो ।

उहाँका अनुसार पालिकाले कोरोना महामारीका कारण बिद्यालयको पढाइमा पुगेको क्षति कम गर्नका लागि बनाइएको शैक्षिक सामग्री कक्षा १ देखि १२ सम्मका बिद्यार्थीले पाउने छन् । स्व–अध्ययन गरी बिद्यालयले सहजीकरण गर्न सक्ने गरीको शैक्षिक सामग्री तयार भएकोले यि सामग्री बिद्यार्थीका लागि निकै लाभदायक हुने पालिकाको बिश्वास रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts