जागरण अभियानका लागि एमाले ताप्लेजुङमा पालिका संयोजक तोकिए

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १६ । नेकपा एमालेले मिसन पार्टी जागरणको पालिका केन्द्रित अभियानका लागि ताप्लेजुङका ९ वटै स्थानीय तहका लागि प्रतिनिधि खटाएको छ ।

नेकपा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशिका(अपानी)मा उल्लेख भए अनुसार फुङलिङ नगरपालिकामा क्षितिज थेबे,फक्ताङलुङ गाउँपालिकामा मात्रिकाप्रसाद भट्टराई र मिक्वाखोला गाउँपालिकामा पासाङ शेर्पालाई संयोजक तोकिएको छ ।

अपानि अनुसार मेरिङदेन गाउँपालिकामा सन्तोष खतिवडा,सिरिजङ्गा गाउँपालिकामा उर्मिला थेबे,आठराई त्रिबेणी गाउँपालिकामा टंक आङवुहाङ,सिदिङ्वा गाउँपालिकामा अनन्त साँवा,पाथीभरा याङवरक गाउँपालिकामा तिलकुमार मेन्याङ्वो र मैवाखोला गाउँपालिकामा केशरकुमार मेन्याङ्वो सुब्बालाई प्रतिनिधि खटाईएको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्यद्धय मेन्याङ्वो र थेबे,पूर्व केन्द्रीय सदस्यत्रय शेर्पा,आङवुहाङ र थेबे तथा प्रदेश कमिटी सदस्य खतिवडा,भट्टराई साँवा र सुब्बालाई मिसन पार्टी जागरण अभियानका लागि पालिकागत संयोजक तोकेको हो ।

 

Similar Posts