| |

बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियक्त

अरुलाई पनि शेयर गरौ !

हेटौंडा, भदौ ३ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियक्त हुनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो भने पद तथा गोपनियताको सपथ पनि गराउनुभएको छ ।
शाक्य पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । यस अघि नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो । उहाँ यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसक्नुभएको छ । उहाँ देशकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँमा भएको थियो । आमा बुबाका आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुनुहुन्छ । बुधबार नै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको थियो । एमाले विभाजनसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने चिठ्ठा परेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts