कार्यक्षेत्र थप भएका फक्ताङलुङका तीन वडाका शिक्षकलाई तालिम दिदैं रिड नेपाल

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १६ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले कार्यक्षेत्र थप भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका तीनवटा वडाका शिक्षकलाई आधारभूत शिक्षा विकास तालिम प्रदान गर्ने भएको छ ।

फक्ताङलुङ गाउँपालिकाका शिक्षा शखा प्रमुख जयप्रसाद रिजालका अनुसार फक्ताङलुङ गाउँपालिकाका वडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिमका बिद्यालयका शिक्षक तथा यसअघि आधारभूत तालिम नपाएका ५ थप शिक्षकलाई तालिम प्रदान गर्न लागिएको हो । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार तालिम सिँवा मावि लिङखिमको सभाहलमा पुस २४ देखि ३० गतेसम्म सञ्चालन हुने छ । तालिममा सामुदायिक बिद्यालयका वाल विकास,भाषा शिक्षक तथा लेखाका कर्मचारीलाई आमन्त्रण गरिएको छ ।

रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा फक्ताङलुङ गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन हुन लागेको हो । रिड नेपालले यसैबर्ष देखि आफ्नो कार्यक्षेत्रलाई फक्ताङलुङ गाउँपालिका भरी बनाउने क्रममा सावादिन,खेजेमिन र लिङखिमलाई समेत कार्यक्षेत्रमा समेटी शैक्षिक गतिविधि सुरु गरेको हो । कार्यक्षेत्र थप भएसंगै रिड नेपाल फक्ताङलुङ गाउँपालिकाका ७ वटै वडा र सिरिजङ्गा गाउँपालिकाका वडा नं ८ याम्फुदिन,वडा नं ७ खेवाङ र वडा नं ६ मामाङ्खे गरी कुल १० वटा वडामा केन्द्रित छ ।

Similar Posts