| |

मेरिङ्देन गाउँपालिकाले वडागत सिलिङ् तोक्यो,प्रत्येक वडालाइ कम्तिमा ६० लाख सहित सुत्रमा आधारित बजेट दिइने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ २८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले प्रत्येक वडालाइ कम्तिमा ६० लाख रुपैंया पर्ने गरी आर्थिक बर्ष २०७८।७९ का लागि बजेट सिलिङ दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार प्रत्येक वडालाइ न्यूनतम् ६० लाख रुपैंया र बाँकी सुत्रमा आधारित बजेट उपलब्ध हुने गरी सिलिङ दिईएको हो । उनका अनुसार सबैभन्दा बढी बजेट सिलिङ वडा नं ६ नाल्बुले पाएको छ । नाल्बुले ७० लाख १६ हजार रुपैंयाको बजेट सिलिङ पाउँदा वडा नं १ थिङ्लाबुले ६८ लाख ५८ हजार रुपैंयाको सिलिङ पाएको छ । यस्तै वडा नं ५ थुकिमाले ६७ लाख १६ हजार,वडा नं २ सान्थाक्राले ६६ लाख ९ हजार ६ सय,वडा नं ४ लिङ्तेपले ६४ लाख ७८ हजार र वडा नं ३ खाम्लुङले ६३ लाख ५४ हजार रुपैंयाको बजेट सिलिङ पाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७८।०७९ को नीति,कार्यक्रम तथा बजेट आउँदो असार ९ मा सार्वजनीकिकरण गर्ने बताइसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts