ताप्लेजुङमा सक्रिय संक्रमित भन्दा संक्रमणमुक्त हुने बढी,सिदिङ्वा बन्यो संक्रमणमुक्त पालिका,फुङ्लिङमा फेरी ११ जना थपिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङमा कोरोना सक्रिय संक्रमितको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी हुँदा शुक्रवार मध्यान्ह सम्मको अवस्था हेर्दा सिदिङ्वा संक्रमण शुन्य पालिका बनेको छ । त्यहाँ पीसीआर बिधिबाट ६ जनामा संक्रमण पुष्टी भएकोमा सबैले कोरोनालाइ परास्त गरेका छन् । यसले सावधानी अपनाउने र सहि ढंगले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने हो भने कोरोना परास्त गर्न सकिने रहेछ भन्ने पुष्टी पनि गरेको छ । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार दोस्रो भेरिएन्ट सुरु भएयता कूल ७ सय ९६ जनामा संक्रमण पुष्टी भएकोमा अहिले ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ३ सय ९७ रहेको छ । संक्रमणमुक्त हुनेको संख्या भने भने ३ सय ९९ पुगेको छ । यो अवस्था अनुसार करिव ५०.५ प्रतिशत संक्रमण मुक्त भएका छन् । ५ दिन अघि संक्रमणमुक्त हुनेको दर २८ प्रतिशत मात्र थियो । खरेलका अनुसार संक्रमण मुक्त हुनेमा सबैभन्दा बढी पीसीआर बिधिबाट परीक्षण गरिएका रहेका छन् । पीसीआर बिधिबाट परीक्षण गरिएका मध्ये कूल ४ सय ९६ जनामा संक्रमण पुष्टी भएकोमा ३ सय ५२ जना मुक्त भएका छन् । पीसीआर बिधिबाट परीक्षण गरिएकामध्ये अहिले १ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै एन्टीजेन बिधिबाट परीक्षण गरिएका मध्ये ३ सय जनामा संक्रमण पुष्टी भएकोमा ४७ जना मात्र संक्रमणमुक्त भएका छन् । एन्टीजेन बिधिबाट परीक्षण गरिएकामध्ये २ सय ५३ जना अझै सक्रिय संक्रमित रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । शुक्रवार बिहान फुङ्लिङ बहानन्दे टोलमा गरिएको एन्टीजेन परीक्षणमा ११ जना संक्रमित थपिएका हुन् । नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार ४३ जनाको परीक्षण गरिएकोमा ६ महिला र ५ पुरुषमा संक्रमण पुष्टी भएको छ । पीसीआर बिधिबाट १ हजार ९ सय ४९ र एन्टीजेन बिधिबाट १ हजार ५ सय १५ गरी कूल ३ हजार ४ सय ६४ जनाको परीक्षण गरिसकिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा बढी संक्रमित भने फुङ्लिङ नगरपालिकामा छन् । नगरपालिकामा १ सय ९ जना पीसीआर बिधिका र ३५ जना एन्टीजेन परीक्षणका गरी १ सय ४४ जना संक्रमित रहेका छन् । यस्तै मेरिङ्देनमा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टी भएका १३ जना र पीसीआर बिधिका १२ गरी २५ जना,आठराइ त्रिबेणीमा एन्टीजेन बिधिबाट परीक्षण गरिएका ७० जना,मैखाखोलामा एन्टीजेनका २१ र पीसीआर बिधिबाट परीक्षण गरिएका १ गरी २२ जना,मिक्वाखोलामा पीसीआरबाट १५ र एन्टीजेनका ४ गरी १९ जना सक्रिय संक्रमित छन् । यस्तै पाथीभरा याङ्वरकमा एन्टीजेनका २५ र पीसीआरका ७ गरी ३२ जना,सिरिजङ्घामा एन्टीजेनका १३ जना,फक्ताङ्लुङमा एन्टीजेनका ६ जना र जिल्ला अस्पतालमा एन्टीजेनका ६६ जना संक्रमित रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts