ताप्लेजुङका ८ जना निर्माण व्यवसायीले मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाइ दिए २ सय थान एन्टीजेन किट

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १३ । ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरु मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाइ करिव १ लाख ८० हजार रुपैंया बराबरको २ सय एन्टीजेन किट हस्तान्तरण गर्नु भएको छ । ति सामग्री बिहीबार निर्माण व्यवसायीले ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाइ हस्तान्तरण गर्नु भएको हो ।

निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष जसबहादुर लिम्बूका अनुसार सेवालुङ निर्माण सेवा प्रालिकातर्फबाट प्रोपाइटर जसबहादुर आफैंले ३५ हजार लगानी गर्नु भएको छ । यस्तै हिमालयन् कन्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमबाट २५ हजार,पोमू कन्ट्रक्सन प्रालिका प्रोपाइटर दीपेन पोमू,पहाडी निर्माण सेवाका प्रोपाइटर मंगलसिंह साँवा,नेचाली राइ कान्छा कन्ट्रक्सनका प्रोपाइटर बिश्वराज राइ,कान्छा लावती कन्ट्रक्सनका प्रोपाइटर ज्ञानेन्द्र लावतीबाट जनही २०–२० हजार रुपैंया लगानी भएको छ । यस्तै कञ्चनजंघा निर्माण सेवाकातर्फबाट बिनोद भारती,विकास हाङ्गाम,गजेन्द्र केदेम र बिशाल गुरुङ तथा डेविड कन्ट्रक्सन प्रालिकातर्फबाट गणेश खाती,राजकुमार खिम्दिङ र बिश्वास खिम्दिङबाट संयुक्त रुपमा २०–२० हजार रुपैंया लगानी भएको निर्माण व्यवसायी संघ ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts