| | |

निर्माण व्यवसायीद्वारा अस्पताललाई एन्टिजेन किट प्रदान

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ १३ ।
ताप्लेजुङका निर्माण व्यवसायीले जिल्ला अस्पताललाई एन्टिजेन किट प्रदान गरेका छन् । जिल्लामा संक्रमण दर उच्च रहेको अवस्थामा कोरोना परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले निर्माण व्यवसायी आफैंले एन्टिजेन किट खरिद गरेर अस्पताललाई उपलब्ध गराएका हुन् ।
निर्माण व्यवसायीहरुले जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डाक्टर सोनिङ लामालाई उक्त किट बिहीबार हस्तान्तरण गरेका हुन् । कुल एक लाख ८० हजार रुपियाँ बराबरको दुई सय थान एन्टिजेन किट निर्माण व्यवसायी स्वयम् उपस्थित भएर जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छन् ।
उक्त खरिदका लागि सेवालुङ निर्माण सेवा प्रालि, हिमालयन कन्स्ट्रक्सन, पोमु कन्स्ट्रक्सन, पहाडी निर्माण सेवा, नेचाली राई कान्छा कन्स्ट्रक्सन, कान्छा लावती कन्स्ट्रक्सन, कञ्चनजंघा निर्माण सेवा र डेबिट कन्स्ट्रक्सनका सञ्चालक तथा व्यवसायीले २० हजारदेखि ३५ हजार रुपियाँसम्म आर्थिक सङ्कलन गरी किट खरिद गरेर अस्पताललाई उपलब्ध गराएका हुन् । आफूहरुले उपलब्ध गराएको एन्टिजेन किटले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथाममा सघाउ पुग्ने विश्वास लिएको सेवालुङ निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक जसबहादुर लिम्बूले बताउनुभयो ।
यता जिल्लामा कोरोना परीक्षणको दायरा फराकिलो बनाइरहेको अवस्थामा निर्माण व्यवसायीहरुबाट एन्टिजेन किट सहयोगले राहत मिलेकोभन्दै सहयोगीदातालाई जिल्ला अस्पतालका डाक्टर लामाले धन्यवाद दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts