|

ताप्लेजुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ५ ।
ताप्लेजुङमा कोरोना संक्रमणका थप एक जनाको मृत्यु भएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक घर भई हाल सदरमुकाम फुङ्लिङमा बस्दै आउनुभएका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषको केही दिनअघि जिल्ला अस्पताल ताप्लेजुङमा गरिएको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । अब जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts