ताप्लेजुङ अस्पतालले भन्यो‘१४ दिन आइसोलेसनमा बसेका संक्रमितको पीसीआर परीक्षण गरिरहन पर्दैन’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२ जेठ । ताप्लेजुङ जिल्ला अस्पताले १४ दिन सम्म आइसोलेसनमा बसेका संक्रमितमा कोभिड–१९ संग सम्वन्धित अरु लक्षण नभए पीसीआर परीक्षण गरिरहन नपर्ने बताएको छ । अस्पतालले कम्तिमा २ हप्ता आइसोलेसनमा बसेर अरु कुनै लक्षण नभए आफ्नो रोग निको भएको बुझ्दा हुने भनेको छ । तर,उसले यसको जानकारी सम्वन्धित वडामा गराउनुपर्ने बताएको छ । अस्पतालले आफ्नो आधिकारिक अफिसियल फेसबुकपेजमार्फत यस्तो जानकारी गराउँदै ताप्लेजुङमा कोभिड संक्रमितको संख्या उच्च रहेको र बारम्बार एकै व्यक्तिको पीसीआर परीक्षण गरिरहँदा स्रोत व्यवस्थापनमा कठिनाइ हुने औंल्याएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरेर कम्तिमा १४ दिन आइसोलेसनमा बसेको संक्रमित व्यक्तिले आफु निको भएको बुझ्दा हुने बताउनुभयो । कोहि–कोहि संक्रमितमा २–३ हप्ता पछि पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ आउने सम्भावना औंल्याउदै उहाँले यो अवस्था संक्रमण कायम रहेको अवस्था भन्दा पनि भाइरल पार्टिकल्सको कारणले पनि हुन सक्ने डाक्टर लामाले बताउनुभयो

अरुलाई पनि शेयर गरौ !

Similar Posts