|

थुकिमामा घर आगलागी हुँदा लाखौंको क्षति

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ११ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा एक घरमा आगलागी हुँदाँ लाखौं मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सिङथाप टोलका सन्तोष तामाङको घर आइतबार जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आगलागीबाट तामाङको काठ र जस्तापाताको प्रयोग गरेर बनाइएको दुई तले कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, केही सुनका गरगहाना, ७० हजार रुपियाँ नगद र अन्य सामग्रीसमेत जलेर नष्ट भएको छ ।
आगलागीबाट नागरिकतासहितका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार आगलागीबाट करिव छ लाख रुपियाँ बराबरको क्षति हुन गएको छ । घर नजिक रहेको पशुचौपायाका लागि खोले (चारो) पकाउने चुल्होबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।

Similar Posts