| |

पालिका क्षेत्रमा सञ्चालित योजना तथा कार्यक्रमको बिबरण उपलब्ध गराउन सिरिजङ्घाद्धारा एनजिओलाइ आग्रह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२१ बैशाख । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिका क्षेत्रका सम्पूर्ण क्रियाशिल गैर सरकारी संघ÷संस्थाहरुलाइ सञ्चालित आयोजना तथा कार्यक्रमहरुको बिबरण उपलब्ध गराइदिन अनुरोध गरेको छ । ५ जेठ भित्र सो बिबरण उपलब्ध गराइदिन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरिले जानकारी दिनुभयो । गाउँपालिकाले बिबरण उपलब्ध गराइदिनका लागि ढाँचा समेत दिएको छ । बिबरण उपलब्ध गराउने गैर सरकारी संघ÷संस्थाहरुले खर्च शीर्षक नम्बर,आयोजना कार्यक्रमको नाम,प्रस्तावित रकम(हजारमा) र आयोजना÷कार्यक्रम कार्यान्वयन स्थल सहित उल्लेख गर्नुपर्ने हुन्छ । गाउँ कार्यपालिकाको गत १५ बैशाखामा बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २५ को उपदफा(२) मा प्रत्येक स्थानीय तहभित्र क्रियाशिल गैर सरकारी संघ÷संस्थाहरुले आफ्नो बार्षिक कार्ययोजना,कार्यक्रम तथा बजेट स्थानीय तहको बार्षिक योजना,कार्यक्रम तथा बजेटमा समाबेश गराउने भन्ने व्यवस्था भए बमोजिम आसन्न सिरिजङ्घा गाउँपालिकाको नियमित गाउँसभा अधिबेशनबाट उपरोक्त बमोजिमको व्यवस्था कार्यान्वयनमा लैजान यस्तो बिबरण माग गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts