| | |

किसानलाई भेडा वितरण

अरुलाई पनि शेयर गरौ !
  • उज्यालो पोष्ट
    ताप्लेजुङ, बैशाख १ ।
    ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा किसानलाई भेडाको बच्चा (पाठापाठी) वितरण गरिएको छ । मासु, ऊन र मलको उत्पादन गर्न सकिने बहुउपयोगी घरपालुवा पशुको रुपमा रहेको भेडा पालनलाई प्रवद्र्धन गर्ने उद्देश्यले फुङ्लिङ नगरपालिकाले किसानलाई भेडा वितरण गरेको हो ।
    फुङ्लिङ नगरपालिकाले चालू आर्थिक वर्षमा भेडा प्रवद्र्धन कार्यक्रमअन्तर्गत बजेटको व्यवस्था गरेरै नगरपालिका भित्रका किसानलाई भेडा वितरण गरेको हो । नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईका अनुसार वडा नं. ८ दोखु चारपाटेका किसानलाई भेडाको पाठापाठी वितरण गरिएको छ । नगरपालिकाको ७५ प्रतिशत रकम अनुदानमा चारपाटेका किसानलाई ५८ वटा भेडा वितरण गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो ।
    पछिल्लो समय किसानले भेडापालन व्यवसाय छोड्दै गएका र बहुउपयोगी पशुको रुपमा रहेको भेडा लोप हुने अवस्था आएकाले नगरपालिकाले योजनामा समावेश गरेर किसानलाई भेडाको बच्चा वितरण गरेको भट्टराईको भनाइ छ । किसानलाई वितरण गरिएको भेडाको पाठापाठी खरिदका लागि छ लाख रुपियाँ अनुदान रकम नगरपालिकाले उपलब्ध गराएको र लागत रकमको २५ प्रतिशत किसान आफैंले बेहोरेका नगरपालिका कार्यालयले जनाएको छ । यता भेडाको बच्चा पाएपछि किसान पनि खुसी भएका छन् । भेडाको बच्चा प्रतिगोटा १२ देखि १५ हजार रुपियाँसम्म पर्ने बताइएको छ ।
अरुलाई पनि शेयर गरौ !

Similar Posts